Aamsanchar

बारामा १७६ सीमास्तम्भ हराए

Author Image
आइतवार, असार १२, २०७३

(सिकेन्द्र पासवान्)  बारा ।

boarder-358x300

बारा जिल्ला भित्र पर्ने नेपाल भारत सीमाका ६० किलो मिटर क्षेत्रमा रहेका ६८५ सीमास्तम्भ मध्ये १७६ सीमास्तम्भ हाराएका छन् ।
पश्मिमा छिमेकी जिल्ला पर्साको सदरमुकाम वीरगञ्जदेखि पूर्वमा रौतहटको बंकुलसम्मको सो दुरी रहेका सीमा स्तम्भहरू हराएको  सिमा सुरक्षा वल बाराका निमित प्रमुख  निरंनकार शुक्लले जानकारी दिनुभयो ।
सो ६० किलोमिटरको क्षेत्रमा जम्मा ६८५ वटा सिमा स्तम्भहरू रहेकोमा जंगे अर्थात ठूला ३३ वटा, सहायक ८० वटा र सानो ५७२ बटा रहेको उहाँले बताउनुभयो ।
सीमा स्तम्भहरूको सुरक्षा तथा सो क्षेत्रबाट हुने चोरी प्रैठारी रोक्न लागी  जिल्ला भरीमा ६ बटा  स्थानमा टोली खटाइ सुरक्षा गरिदै आएको दावी शुक्लले गर्नुभयो ।  सो क्षेत्रमा भारतीयहरूले नेपालको भूमि कब्जा गरी खेतीपाती समेत गर्दै आईरहेको अधिवतmा एकरामुलहकले बताउनुभयो । जिल्लाको  बरैनिया , मटियर्वा, कबहीगोठ, बेलदारी , पिपरपाती र गोलागंजमा बोर्डर आउट पोष्ट संञ्चालनमा रहेका छन् ।
ती पोष्टहरूमा प्रहरी निरीक्षकको नेतृत्वमा ३० देखि ३५ जना सम्मको जनशतिm परिचालन गरी सुरक्षा दिदै आएको सिमा सुरक्षा वलका निमित प्रमुख शुक्लले बताउनुभयो ।
बेला बखतमा सिमा स्तम्भहरूको अनुगमन निरीक्षण गर्ने, मातहतका प्रमुहहरूले भारतीय समकक्षीहरूसँग समन्वय गरी सीमा स्तम्भचहरूको जानकारी गराई सो बारेमा छलफल समेत गर्ने गरेको उहाँको दावी रहेको छ ।
मुख्य स्तम्भहरूमध्ये २७ वटा सही हालतमा, चार वटा मर्मत गरिनु पर्ने र दुईवटा नयाँ बनाउनु पर्ने रहेको छ । त्यसै गरी सहायक स्तम्भहरूमा ४८ सही हालतमा, २६ वटा मर्मत गरिनु पर्ने , ६ वटा फेला नपरेको निमति प्रमुख शुक्लले बताउनु भयो ।
सना स्तम्भहरूमध्ये २०७ साबित हालतमा, १८९ मर्मत गरिनु पर्ने, र १६८ फेला नपरेको उहाँले बताउनुभयो । मुख्य पिलरहरू दुई किलो मिटरको दुरीमा रहेको छ भने सना र मझौला पिलरहरू एक सय मिटरको दुरीमा रहेको सिमा सुरक्षा वलको कार्यालयले जनाएको छ ।
नेपाल सरकार र भारत सरकारले संयुतm रुपमा निर्माण गरिएको नेपाल भारत सिमा संयुतm कार्यदलले पर्साको ठोरीबाट सीमा स्तम्भहरूको अनुगमन निरिक्षण गर्ने कार्य शुरु गरीसकेको सिमा सुरक्षा वलको कार्यालय कलैया बाराले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर