Aamsanchar

दुई वर्षीया बालिकाको पाउजु लुटियो

Author Image
आइतवार, असार १२, २०७३

सप्तरी।
dance_bar

उपचारका लागि आमासँग सदरमुकाम राजविराज आएकी एक अवोध बालिका नाटकीय र निर्मम रुपमा लटिएकी छिन् ।

स्थानीय एक वालरोग विशेषज्ञसँग उपचारका लागि सप्तरीको रायपुर–८ वाट आमा राजुदेवी यादवसँग आएकी द्ुई वर्षीया आरती लुटिएकी हुन् ।

 

शनिवार दिउँसो उपचारपछि छोरी आरतीलाई काखमा वोकेर हटियाको वाटो हुँदै औषधि पसलतिर जाँदै गर्दा अचानक पछाडिवाट आएका एक युवाले छोरीको खुट्टामा लगाईएको ६ तोलाको चाँदीको पाउजु झम्टेर भागेको राजुदेवीले रुदै संचारकर्मीहरुलाई बताउनुभयो ।
यसरी पाउजु झम्टिदा छोरीको देव्रे खुट्टामा घाउ भई रगत निस्किएको थियो यसवारे उनले वडा प्रहरी कार्यालय राजविराजमा उजुरी दर्ता गराउनु भएको छ  । पीडित पक्षको वयान र प्राप्त हुलिया विवरणको आधारमा लुटेराको खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर