Aamsanchar

युवापुस्तामा बढ्यो लागुऔषध दुब्र्यसनी

Author Image
आइतवार, असार १२, २०७३

झापा ।

index

लागुऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस यस क्षेत्रमा कार्यरत व्यक्ति तथा संघसंस्थाले आज विश्वभर विविध कार्यक्रम गरी मनाउँदैछन् । लागुपर्दाथको प्रयोग र अबैध ब्यापारबाट समाजलाई मुक्त गर्ने अभियानमा विश्व समुदायलाई एकजुट हुन दिवसले आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघको आव्हानमा सन् १९८७ देखि मनाउन थालिएको दिवसको यस बर्षको नारा सबैभन्दा पहिला सुन भन्ने तय गरिएको छ । युवा तथा बालबालिकालाई लागु पदार्थ सेवनबाट बचाउन सबैभन्दा पहिले परिवार र समाजले उनीहरुको भावना बुझ्न र सुन्न आवश्यक रहेकोमा नाराले जोड दिएको छ ।

विशेष गरी युवा पुस्ता लागुऔषधको दुव्र्यशनीमा फसेका कारण नागरिक स्वास्थ्य, सुरक्षा , मानवजातीको अस्तित्व र राज्यको सार्वभौमिकतामा नै जोखिम बढ्दै गएको पाइएको छ  ।

विश्वका झण्डै ३ करोड लागुऔषध प्रयोगकर्ता १५ देखि ६४ बर्ष उमेर समुहका रहेको राष्ट्रसंघको तथ्यांक छ । नेपालभरमा ८५ हजार २ सय ४ पुरुष र ३ हजार ३ सय महिला लागुपदार्थको दुव्र्यशनीमा फसेको विभिन्न अध्ययनले देखाएको छ ।

सामाजिक र आर्थिक विकासमा बाधा पुर्‍याई राजनीतिक अस्थिरता बढाउने र दिगो विकासमा खलल ल्याउने लागुऔषधको प्रयोग घटाउन यस बारेको चेतना विश्वभर फैलाउन आवश्यक रहेको विज्ञ बताउँछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर