Aamsanchar

युरोकपमा आज पनि तीन खेल हुदैं

Author Image
आइतवार, असार १२, २०७३

झापा ।

Spanish-Defence
युरोकप फुटबल अन्र्तगत आज प्रिक्बाटरफाईनल चरणका ३ खेल हुँदैछन् । आजको पहिलो खेलमा आयोजक फ्रान्स र नर्दन आयरल्याण्ड नेपाली समयानुसार साँझ पौने ७ बजे प्रतिस्पर्धामा उत्रनेछन् । यी दुई राष्ट्र आज १७ आंै पटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।

 

यसअघि भएका १६ भेटमा फ्रान्सले ६ खेल जितेको छ भने नर्दन आयरल्याण्ड ४ खेलमा बिजयी भएको छ । ६ खेल बराबरीमा सकिएको छ ।
आज राती हुने दोश्रो खेलमा स्लोभाकियाले जर्मनीको सामना गर्नेछ । दुई राष्ट्र नेपाली समयानुसार राती पौने १० बजे आमने सामने हुनेछन् । यसअघि यी दुई राष्ट्र ५ पटक प्रतिस्पर्धा भैसकेको छ । जसमा जर्मनीले ३ तथा स्लोभाकियाले २ खेल आफ्नो पक्षमा पारेका छन् ।

 

त्यस्तै आजै राती पौने १ बजे बेल्जियम र हंगेरी प्रतिस्पर्धामा उत्रनेछन्  । यी दुई राष्ट्रबिच आज छैटौ पटक प्रतिस्पर्धा हुन लागेको हो  । यसअघिका ५ भेटमा बेल्जियम ४ पटक बिजयी बनेको छ भने एक खेल बराबरीमा सकिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर