Aamsanchar

नयाँ शक्तिले प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्ने

Author Image
सोमवार, असार १३, २०७३

काठमाडौँ  ।

नयाँ शक्ति नेपालले पार्टीको अध्यक्ष, पदाधिकारी र कार्यसमितिका सम्पूर्ण सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा  बसेको केन्द्रीय परिषद् सचिवालय बैठकले सम्पूर्ण पार्टी सदस्यले प्रत्यक्ष रुपमा निर्वाचित हुनुपर्ने व्यवस्थासहितको निर्वाचन प्रणालीको विधान पारित गरेको हो ।

पार्टीको पहिलो राष्ट्रिय भेलाबाट बनेको कार्यदलले गरेको गृहकार्यको आधारमा यसअघि सङ्गठन विभाग प्रमुख रहनुभएका देवेन्द्र पौडेलले प्रस्तुत गर्नुभएको विधानमाथिको छलफलपछि केन्द्रीय अध्यक्षलगायत सबै तहका पदाधिकारी र सदस्य सम्पूर्ण साधारण सदस्यबाट निर्वाचित हुनुपर्ने प्रणालीसहितको विधान पारित गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो ।

“नयाँ शक्तिको आधार तत्व’ नामको राजनीतिक दस्तावेज र ‘विकास र आर्थिक समृद्धिको खाका’ समेतका दस्तावेज कार्यदलले परिमार्जन गरेअनुसार पारित गर्ने निर्णय भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर