Aamsanchar

झापाका १९ डाक्टर अख्तियारको छानबिनमा, डेण्टलहरु मापदण्ड विपरीत

Author Image
सोमवार, असार १३, २०७३

[नरेन्द्र ढकाल]

झापा ।
मेची अञ्चल अस्पताल भद्रपुरका ६ सहित अन्य १९ जना चितित्सक माथि छानविन सुरु भएको छ ।

अख्तिायार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको निर्देशनमा जिल्ला प्रशासन कार्यालय झापाले चिकित्सक माथि छानविन सुरु गरेको हो । कमिशनका लागि झापाबाट भारतीय अस्पतालहरुमा बिरामी रेफर गर्ने गरेको उजुरी परेपछि चिकित्सकहरु माथि सरकारले छानबिन प्रक्रिया शुरु गरेको बताइएको छ । छानविनमा परेका चिकित्सकहरुमा मेची अञ्चल अस्पतालमा कार्यरत डाक्टर पिताम्वर ठाकुर, रामवावु खड्का, जयकुमार ठाकुर, अञ्जत विष्ट, सञ्जयकुमार गुप्ता, सञ्जित कुमार झा रहेका छन् । त्यस्तै ओमसाइ हस्पिटल भद्रपुरबाट १५ दिन अघिमात्रै विएण्डसी अस्पताल बिर्तामोड आएका डा रोहितप्रसाद यादव रहेका छन् ।
यसैगरी मेडिका हस्पिटल बिर्तामोडका अर्थोपेडिक डा. आनन्दराज खनाल, ममता घिरैया,कञ्चनजंगा हस्पिटलका डा. रञ्जित यादव, बिर्ता सिटी हस्पिटलमा कार्यरत डा. मेघना तिवारी,डा. रामभक्त, बंजरग मेडिकलमा कार्यरत डा. डि.के. आचार्य, विकास कुमार गुप्ता, कन्काई हस्पिटलका डा. मुकेश शाह, डा. स्वतन्त्र शाह, शंकर हस्पिटलका डा. दीपा थापा, मनमोहन हस्पिटलका डा. प्रदीप केसी र हाल नर्भिक हस्पिटल काठमाण्डौंमा कार्यरत डा. निरज श्रेष्ठरहेको जिल्ला प्रशासन श्रोतले जनाएको छ ।

यता डा. स्वतन्त्र साहा र डा. मुकेश साहा आफ्नो अस्पतालमा कार्यरत नरहेको कनकाई अस्पतालले दावी गरेको छ । तर, जिल्ला प्रशासन कार्यालय झापाले ती चिकित्सकका नाममा काटेको गोप्य पत्र कनकाई हस्पिटलले बुझेको पाइएको छ । उक्त पत्र कनकाई हस्पिटलका हेल्थ असिस्टेण्ड मोहन अधिकारीले बुझेका छन् । अस्पतालमा कार्यरत नभएका चिकित्सकका नाममा आएको पत्र किन वुझियो नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने – पत्र आएको थियो मलाई यस्तो कुरा थाहा भएन त्यसैले मैले पत्र बुझो । उनले डा. स्वतन्त्र मण्डल र डा. मुकेश चौधरी मात्र आफ्नो हस्पिटलमा कार्यरत भएको बताए । तर कन्काई अस्पतालले भने डा. स्वतन्त्र साह र मुकेश साह आफ्नो अस्पतालमा कार्यरत नरहेको भन्दै प्रसाशनले काटेको पत्र आइतबारै फिर्ता गरेको बुझिएको छ ।
अधिकांश डेण्टल मापलण्ड विपरीत
झापाको कााकरभिट्टामा सञ्चालित अधिकांश डेन्टल क्लिनिक मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय झापासहितको टोलीले आइतबार गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । अनुगमनका क्रममा ५ वटा डेन्टल क्लिनिकमा पुगेर टोलीले सम्पूर्ण कागजात लिएर सोमबार १० बजेभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । टोलीले एपोलो डेन्टल क्लिनिक, न्यू ओम डेन्टल क्लिनिक, किरण मेडिकल हल, मनिषा पोलीयोक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर र कृषा मेडिकल हलको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा एपोलो डेन्टल क्लिनिकले एन्टीवायोटीकहरू बिक्री गर्ने गरेको पाइएको छ । उक्त डेन्टलले अगयह–५००, बmयहथल लगायतका बिक्री गर्न नपाइने औषधि बिक्री गरेको पाइएको हो । उक्त औषधिहरू डेन्टल क्लिनिकले बिक्री गर्न नपाइने सहायक प्रमुख जिल्ला अधिकारी डम्बरूप्रसाद निरौलाले बताए । उक्त क्लिनिक जिल्ला जनस्वास्थ्यमा दर्ता नभएको पाइएको छ ।
त्यस्तै किरण मेडिकल हलले औषधि पसल भनेर सञ्चालन गरेपनि डाक्टरसहितको सेवा दिनका लागि होर्डिङ बोर्डहरू समेत टाासेकाले तत्काल हटाउन लगाइएको थियो । टोलीले औषधि पसललाई सम्पूर्ण कागजपत्रसहित उपस्थित हुन निर्देशन दिएको छ । त्यस्तै कााकरभिट्टामा नै सञ्चालन भइरहेको न्यू ओम डेन्टल क्लिनिकले समेत जिल्ला जनस्वास्थ्यबाट अनुमति नलिई सञ्चालन गरेको पाइएको छ ।
त्यस्तै मनिषा पोलियोक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर र कृषा मेडिकल हललाई पनि सम्पूर्ण कागजातसहित प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत तेजेन्द्र न्यौपानेले बताए । डेन्टलहरूले मापदण्ड पूरा नगरेको पाइएकाले उनीहरूको सम्पूर्ण कागजात हेरेपछि सञ्चालन गर्न दिने या नदिने भन्ने टुङगो लाग्ने बताइएको छ । झापाका डेन्टल क्लिनिकहरू मापदण्ड विपरीत सञ्चालन भइरहेको सूचनाका आधारमा अनुगमन तीब्र बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर