Aamsanchar

चिलीले जित्यो कोपा अमेरिका फुटबलको उपाधि

Author Image
सोमवार, असार १३, २०७३

झापा ।

index

चिलीले लगातार दोस्रो पटक कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अमेरिकामा आज सम्पन्न प्रतियोगिताको फाईनल खेलमा अर्जेन्टिनालाई टाई ब्रेकरमा ४-२ ले हराँउदै चिलीले उपाधि जितेको हो ।

 

प्रतियोगिताको अघिल्लो संस्करणको फाईनलमा पनि अर्जेन्टिनालाई टाई ब्रेकरमा पराजित गर्दै चिलीले उपाधि जितेको थियो । आजको खेलमा अर्जेन्टिनाका लागि सर्वाधिक आशा गरिएका खेलाडी लियोनल मेस्सी र लुकास बिग्लीयाले पेनाल्टीमार्फत गोल गर्न सकेनन् ।

यसअघि खेलको पहिलो हाफमै अर्जेन्टिनाका मार्कस रोहो र चिलीका मार्सेलो डियाजले रातो कार्ड खाएपछि दुबै टोली १० जनामा समेटिएका थिए ।

जितसँगै चिलीले ईतिहासमा दोस्रो पटक कोपा अमेरिकाको उपाभि जितेको छ । यो जीतसँगै चिलीले अर्को वर्ष रुसमा हुने कन्फेडेरेशन कपमा दक्षिण अमेरिकी महादेशको तर्फबाट सहभागिता जनाउन पाउने भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर