Aamsanchar

मेसीद्धारा अन्तर्राष्ट्रिय फुटवलबाट सन्यासको घोषणा

Author Image
सोमवार, असार १३, २०७३

झापा ।

lionel-messi_650x400_51467004652

अर्जेन्टाइन स्टार लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटवलबाट सन्यास घोषणा गरेका छन् ।

कोपा अमेरिकाको फाइनलमा चिली विरुद्ध पेनाल्टीमा चुकेपछि २९ बर्षीय मेसीले अन्तर्राष्ट्रिय फुटवल छाड्ने घोषणा गरेका हुन् ।

उनले भनेका छन्– मेरा लागि राष्ट्रिम टीम समाप्त भयो, मैले सक्ने जति सबै गरे, च्याम्पियन नहुनु दुखद हो । २९ वर्षका मेस्सीले अर्जेन्टिनाको टिमबाट एक सय १२ वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनीले सन् २००५ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

मेस्सीले विश्वकपमा एक पटक तथा कोपा अमेरिकामा दुई पटक टिमलाई फाइनलसम्म पु¥याए । तर उपाधि भने जित्न सकेनन् । सोमबार बिहान भएको खेलमा मेस्सीले पेनाल्टीमा गोल गर्न नसकेनन्, चिलीले ४–२ ले विजयी भयो । मेस्सीले राष्ट्रिय टिमबाट सन् २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण पदह जित्नु बाहेक अरु महत्वपूर्ण उपाधि जित्न सकेका छैनन् ।

 

सन् २००५ मा हंगेरीसँगको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका मेस्सीले एक सय १२ खेलमा ५५ गोल गरेका छन् । उनी अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सबै भन्दा धेरै गोल गर्ने खेलाडी हुन् ।  मेस्सीले सन् २००७, २०१५ र २०१६ मा कोपा अमेरिकाको फाइनलमा खेले भने सन् २०१४ को ब्राजिल विश्वकपमा पनि मेस्सीको नेतृत्वमा अर्जेन्टिना फाइनलमा पुगेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर