Aamsanchar

झापाका अधिकांश क्लिनिक दर्ता छैनन्

Author Image
मङ्गलवार, असार १४, २०७३

दमक।
index

झापाका अधिकांश स्वास्थ्य क्लिनिक, फार्मेसी र डेन्टल हस्पिटलहरू बिना दर्ता सञ्चालनमा रहेको तथा मापदण्ड पूरा नगरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय झापाले कार्यालयमा नै बोलाएर स्पष्टिकरण लिन शुरु गरेको छ ।

अनु्गमनको क्रममा फेला परेका त्यस्ता स्वास्थ्यसंस्थाहरूलाई जिल्ला प्रशासन कार्यालय झापाले पत्र काटेर प्रशासनमा २४ धण्टाभित्र हाजिर हुनका निर्देशन दिएपछि दर्ता बेगरका अधिकाँश औषधी पसल तथा क्लिनिक सञ्चालकहरू भाग्न थालेकाछन् ।
जिल्ला प्रशासन कार्यालय झापासहितको टोलीले गरेको अनुगमनका क्रममा झापाको मेचीनगरमा रहेका पाँच वटा डेन्टल क्लिनिक नै अबैध रहेको र त्यहाँ अबैध रुपमा काम हुने गरेको पाएपछि जिल्ला प्रशासन कार्यालय झापाले २४ घण्टाभित्र आवश्यक कागजपत्र सहित हाजिर हुन निर्देशन दिएपछि अन्य क्लिनिकका सञ्चालकहरूसमेत कार्वाहीमा परिने भयले तर्सिएर भाग्न थालेकाछन् । डेन्टल हस्पिटलहरूमा सामान्य तालिम लिएका र साहयकको रुपमा काम गर्दागर्दै आफै डेन्टल हस्पिटल खोलेर बस्नेहरूको संख्या धेरै रहेको पनि जनाईएको छ ।
एपोलो डेन्टल क्लिनिक, न्यू ओम डेन्टल क्लिनिक, किरण मेडिकल हल, मनिषा पोलीयोक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर र कृषा मेडिकल हललाई हाजिर हुनका लागि निर्देशन दिइएको र उनिहरू सोमबार हाजिर भएकोे सहायक प्रमुख जिल्ला अधिकारी डम्बरूप्रसाद निरौलाले बताउनु भएको छ ।
डेन्टल क्लिनिकले एन्टीवायोटीकहरू बिक्री गर्ने गरेको पाइएको भन्दै बिरामीहरूठगिएको पाईएकाले प्रशासनले कडाईका साथ अनुगमन गरिरहेको निरौलाको भनाई रहेको छ ।
डेन्टलहरूले मापदण्ड पूरा नगरेको पाइएकाले उनीहरूको बिषयमा सम्पूर्ण रुपमा अध्ययन भएपछि र कागजपत्र हेरेर आवश्यक कार्वाही अगाडि बढाईने निरौलाले जानकारी दिनु भएको छ । झापाको दमक, मेचीनगर, बिर्तामाड लगायतका क्षेत्रमा अबैध रुपमा सञ्चालन भइरहेका र मापदण्ड पूरा नगरेका सबै प्रकारका स्वास्थ्य संस्थाहरूलाई अनुगमन गरेर बन्द गरिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
जिल्लामा एकसयभन्दा बढि डेन्टल क्लिनिकहरू सञ्चालनमा रहेको र अधिकाँशले मापदण्ड पूरा नगरी सञ्चालन भइरहेको बताईएको छ । जनस्वास्थ्य कार्यालयमा दर्ता भएर सञ्चालन भएकाहरूले पनि मापदण्ड पूरा नगरेको र धेरै जसो दर्ता बेगर नै सञ्चालन भइरहेको सूचना पाइएको जिल्ला प्रशासन कार्यालय झापाका एक अधिकृतले बताउनु भएको छ । जनस्वास्थ्य कार्यालयका अधिकृत सहितको टोली अहिले अनुगमनमा खटिएकाले अब कार्वाहीबाट कोही पनि नउम्कने उहाँले जनाउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 322

प्रतिक्रिया (०)

सम्बन्धित खबर