Aamsanchar

कैलालीमा किशोरी आमा बढे

Author Image
मङ्गलवार, असार १४, २०७३

कैलाली ।

indexa

कैलाली कञ्चनपुर लगायत सुदूरपश्चिमका महिलाहरू किशोरावस्थामै गर्भवती हुनेको संख्यामा वृद्धि हुँदै गएको छ । सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कमा उक्त कुरा उल्लेख छ ।
आधुनिक सञ्चारका माध्यमहरू फिल्म, टेलिसिरियल, मोवाईल, फेसबुक, ईन्टरनेट र अश्लिल पत्र–पत्रिकाको बढ्दो प्रभावले असमयमै हुने असुरक्षित यौन सम्पर्कका कारण किशोरावस्थामा गर्भवती हुनेहरूको संख्या बृद्धिहुँदै गएको जनाईएको छ ।
गोप्य र सुरक्षित रहने भन्दै गर्भवती भएकामध्ये अधिकांशले सिमा क्षेत्रका भारतीय भूभागका क्लिनिक तथा नेपालका निजी क्लिनिकहरूमा अबैध रुपमा गर्भपतन गराउने गरेकोस्वास्थ्यकर्मीहरू बताउँछन् । अध्ययनका क्रममा १२ वर्षदेखि १५ वर्षसम्मका बालिकाहरूसमेत गर्भवती भएको पाईएको छ, एक स्वास्थ्यकर्मीले भन्नुभयो– ‘कतिपय गर्भावस्थाका बारेमा जानकारी नभएकै बालिकाहरूमा समेत गर्भ रहेको पाईएको छ ।’
स्वास्थ्यका दृष्टिकोणले कलिलै उमेरमा गर्भधारण हुने महिलामा थुप्रै शारीरिक जटिलता थपिन्छन । यस्तै आमा र नवजात शिशुको लागि पनि १९ वर्ष भन्दा पहिले गर्भधारण गर्नु निकै खतरापूर्ण मानिन्छ । किशोरी अबस्थामा आमा बनेकाहरूले कम तौल भएका तथा शारीरिक रुपमा पूर्ण विकसित नभएको सन्तान जन्माउने सम्भावना बढी हुन्छ । जसले गर्दा नजवात शिशुको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्नुका साथै शिशुको मृत्यु समेत हुनजान्छ ।
प्रसूतिको समयमा हुने पीडाले स्थायी रुपमा प्रजननलाई क्षति पु¥याउन सक्ने सेती अञ्चल अस्पतालका निवर्तमान मेडिकल सुपरीटेन्डेट डाक्टर गणेशवहादुर सिंहको भनाई छ । एक महिना अघि एक १४ वर्षिया बालिकालाई २२ वर्षिय एक युवकले फकाएर लगे, तर बालिका अहिले अलपत्र छिन् । उनलाई न परिवारले राख्न मानेको छ न त भगाउने युवक नै सम्पर्कमा छ । प्रहरीले ती बालिकालाई एक संस्थाको जिम्मा लगाएको छ । यस्तै, धनगढीस्थित सेती अञ्चल अस्पतालमा केही दिनअघि एक वालिकाले बच्चा जन्माइन । पढ्दा पढ्दै एक युवकसंग भागेकी ती किशोरीलाई केही समयपछि ती युवकले छाडेर अर्कै केटी भगाएर बेपत्ता भए ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा अहिले दिनहुँजसो बाल विबाहका घट्नाहरूआउने गरेका छन् । अधिकांश भागी विवाह, अनमेल तथा अन्तरजातीय विबाह हुने गरेका बैबाहिक सम्बन्ध टुट्ने गरेको प्रहरीको भनाई छ ।
यो सबै फिल्म, टेलिसिरियल, मोवाईल, फेसबुक, ईन्टरनेट र अश्लिल पत्रिकाको बढ्दो प्रभाव हो, मनोचिकित्सक डाक्टर गोरख पौडेलको भन्नुहुन्छ– ‘यसले सबैभन्दा किशोर किशोरीको पुस्तालाई प्रभावित गरेको छ । हरेक अभिभावकले आफ्ना सन्तान के गर्दैछन । उनीहरूको संगत कोसंग छ ? नियमित अनुगमन गर्न निकै आवश्यक भईसकेको छ ।’
असमयमै रहने गर्भले मातृ मृत्युदर बढाउँछ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार २० वर्ष उमेर नपुग्दै बच्चा जन्माएमा मातृ मृत्युदर ६० प्रतिशत भन्दा बढी हुने सम्भावना रहेपनि नेपालमा १५ देखि १९ वर्षसम्मका १७ प्रतिशत महिला किशोरावस्थामा गर्भवती हुने गरेको सेती अञ्चल अस्पतालका वार्ड प्रमुख कृष्ण बोहराले बताउनुभयो  ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर