Aamsanchar

इटली र आइसल्याण्ड युरोकपको क्वाटरफाईनलमा प्रवेश

Author Image
मङ्गलवार, असार १४, २०७३

झापा ।

Iceland-Football

इटली र आइसल्याण्ड युरोकप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेका छन् । गएराती सम्पन्न खेलमा इटलीले स्पेनमाथि २–० गोल अन्तरको जित निकाल्दा आइस्ल्याण्डले इङ्ल्याण्डलाई २–१ गोल अन्तरले हराउदै अघिल्लो चरणको यात्रा तय गरेको हो ।
इटलीकालागि खेलको ३३औ मिनेटमा जर्जियो चिलिनीले पहिलो गोल गरेका थिए । पहिलो हाफ १–० ले अग्रता बनाएको इटलीकालागि इन्ज्युरी समयमा ग्राजियानो पेलेले गोल गर्दै टोलीको जित सुनिश्ति गरेका हुन् ।

 

हारसंगै डिफेण्डिङ च्याम्यिन स्पेनको तेस्रो पटक उपाधी कब्जा गर्ने योजना विफल भएको छ । प्रतियागिताबाट बाहिरिएको स्पेन यसअघि सन २००६ को विश्वकप फुटबलमा पनि नकाउट चरणबाट बाहिरिएको थियो । इटलीले क्वाटरफाइनलमा आगामी शनिबार जर्मनीसंग प्रतिस्पर्धा गर्नेछ ।

 

गएरातीको अर्को खेलमा विश्व बरियाताको ३४औ स्थानको आइसल्याण्डले इङ्ल्याण्डबिरुद्ध २–१ गोलको जित निकाल्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इङ्ल्याण्ड भने ६६ बर्षपछि महत्वपूर्ण प्रतियोगिताको नकआउट चरणबाट बाहिरिएको छ ।  यसअघि  सन १९५० मा ब्राजिलमा भएको विश्वकप फुटबलमा उ प्रतियोगिताको नकाउट चरणबाट बाहिरिएको थियो ।

 

खेलको चौथो मिनेटमा नै इङ्ल्याण्डका वाइन रुनीले पेनाल्टि मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए तर त्यसको दुई मिनेटमै आइसल्याण्डका गिल्फी सिगुरसनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

 

१८औ मिनेटमा सिगुरसनकै अर्को गोलबाट टोलीको जित सुनिश्ति भयो । आइसल्याण्डले आगामी आइतबार आयोजक फ्रान्ससंग प्रतिस्पर्धा गर्नेछ ।

 

यसैबीच, इङ्ल्याण्ड युरोकप फुटबलको नकाआउट चरणबाट बारिहएपछि प्रशिक्षक रोय हग्सनले पदबाट राजिनामा दिएका छन् । युरोकपको क्वाटरफाइनलका खेलहरु विहिबारबाट सुरु हुनेछ । प्रतियोगिताको पहिलो क्वाटर फाइनलमा  पोल्याण्ड र पर्चुगल भिड्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर