Aamsanchar

हजुरबुबाको किरिया बसिन् नातिनी

Author Image
बुधवार, असार १५, २०७३

दाङ ।

दाङमा १३ वर्षीय बालिका आफ्ना हजुरबुबाको किरिया बसेकी छिन् । घोराही नगरपालिका–६ गिठेपानी निवासी १३ वर्षीया विन्दु नेपाली आफ्नो हजुरबुबाको किरिया बसिरहेकी छिन् ।

उनका हजुरबुबा प्रेमबहादुर नेपालीको यही असार १२ गते आइतबारको दिन मृत्यु भएको थियो । उनले हजुरबुबालाई दागबत्तीसमेत दिएकी थिइन् । विन्दुले भनिन्, “किरिया वस्नका लागि अरू कोही पनि छैनन्, त्यसैले म किरिया बसेकी हुँ ।” अरूलाई खोजेर किरिया गर्नुभन्दा आफू नै बसेको विन्दुले बताइन् ।

प्रेमबहादुरको एक छोरा भए पनि उनको करिब १२ वर्ष पहिले नै मृत्यु भएको थियो । प्रेमबहादुरका दाइभाइका छोराहरु भए पनि नातिनी आफँैले हजुरबुबाको किरिया वस्ने भन्दै किरिया बसेकी हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर