Aamsanchar

१३ औं राष्ट्रिय धान दिवस /झापामा ६ प्रतिशत रोपाई सम्पन्न

Author Image
बुधवार, असार १५, २०७३

(नरेन्द्र ढकाल) झापा ।

Ropai-21
आज असार १५ गते अर्थात १३ औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘ब्यवसायीक धान खेतीको आधार सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो ।
धान दिवसका अवसरमा (आज) बुधबार जिल्ला कृषि विकास कार्यालय झापा र जामुनखाडी कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा कनकाई नगरपालिका–२ मा विशेष धान रोपाई कार्यक्रम हुने जिल्ला कृषि विकास कार्यालय झापामा प्रमुख मेघनाथ तिम्सिनाले जानकारी दिए ।
उनका अनुसार मेसिनबाट धान रोपाई हुनेछ भने रोपाई दौड प्रतियोगिताको समेत आयोजना गरिको छ । अन्य विशेष प्रर्दशनी तथा दहि चिरा खाने कार्यक्रम समेत रहेको छ । झापामा ९० हजार हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाई हुने गरेको छ । १९ हजार ५ सय हेक्टर क्षेत्र फलमा चैते धान रोपाई हुने गरेको तिम्सिनाको भनाई छ ।
असारको दोस्रो साता बितिसक्दा समेत ६ प्रतिशत मात्र रोपाई सकिएको प्रमुख तिम्सिनाले बताए । उनले भने–यस पटक पानी बेलैमा प¥र्यो तर किसानले धानको बिउ ढिला गरेर राखेका कारण रोपाई ढिलो भएको छ । उनले झापामा रासायनीक मलको अभाव नभएको जानकारी दिए ।

खेती योग्य जमिन प्लटिकका कारण घट्दै गएपनि धान उत्पादन भने नघटेको बताए । चैते धानको उत्पादकत्व नघटेको र वर्षे धानको पनि उत्पादकत्व नघटे दाबी गरे । झापा, मोरङ र सुनसरीको धान उत्पादनले देशको समग्रतालाई हाकेको बताए ।

उनले धानको उत्पादकत्व बढाउन सरकार लागी परेको बताए । उनले किसानले उत्पादन गरेको चैते धानको उचित मुल्य नपाउदा किसान निरमस भएको भनदै देशभित्रै उत्पादन भएका वस्तुलाई बजारीकरण गर्नुपर्ने विचार ब्यक्त गरे । नेपालमा करिब ९० अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुने गरेको छ ।

कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्रमा आकाशे पानीको भर पर्नुपर्ने स्थिति छ । हरेक वर्ष दिवस मनाइने गरे पनि धानको उत्पादन भने सोचेजस्तो बढाउन नसकेको विज्ञहरूको भनाइ छ ।धानको उत्पादन बढाउन, नयाँ जातका धानको बीउ सिफारिस र त्यसको प्रचारप्रसारका लागि हरेक वर्ष धान दिवस मनाइँदै आएको छ ।

धान दिवसका अवसरमा विभिन्न राजनीतिक दलका किसान सङ्गठनहरूले पनि धान दिवस विशेष कार्यक्रमहरू आयोजना गरेका छन् । उन्नत जातको बिउको प्रयोग निकै कम हुनु, समयमा रासायनिक मल उपलब्ध नहुनु, अधिकांश कृषकहरु परम्परागत खेतिमै निर्भर रहनुले पनि धानको उत्पादनमा बृद्धी हुन नसकेको विज्ञहरुको भनाई छ ।
यसैबीच आज असार १५, मानो रोपेर मुरी उब्जाउने दिन अर्थात दहीचिउरा खाने दिन । नेपाली समाजमा प्रत्येक वर्षको असार १५ मा धान रोप्ने मध्यसमयको अवसर पारी दहीचिउरा खाने चलन प्रचलन छ । वर्षदिनका लागि धानको जोहो गर्नका निमित्त असार महिनामा रोपाई गरी सोही महिनाको मध्य तिथिका रुपमा दहीचिउरा खाने प्रचलन गरिएको हो ।
नेपाली समाजमा ‘असारको १५ दहीचिउरा खानू, साउनको १५ खिर’ भन्ने भनाइ छ । मानिसहरु जङगली युगबाट खेतीपातीको युगमा प्रवेश गरेपछि नयाँ कार्य गर्दा घाम, पानी, प्रकृतिलगायतका शक्तिलाई कुनै न कुनै स्वरुपमा स्वीकार गरेकाले यो चलन पछि संस्कृतिका रुपमा विकास हुँदै गएको संस्कृतिविदहरुको भनाई छ । आजको दिनमा अधिकांश नेपाली खेत खेतमा भेटिन्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 324

प्रतिक्रिया (०)

सम्बन्धित खबर