Aamsanchar

पूर्वाञ्चलका प्रधान सम्पादक मृगौला रोग उपचार केन्द्रमा भर्ना

Author Image
बुधवार, असार १५, २०७३

madan sirकाठमाडौं ।

लामो समयदेखि अस्वस्थ पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक मदन ढकालको उपचार हाल काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय मृगौला रोग उपचार केन्द्रमा शुरु भएको छ । दुबै मृगौलामा आएको खराबीका कारण उनी अस्वस्थ भएका हुन् ।
भारत तथा नेपालको विभिन्न हस्पिटलमा उपचार गराउादा समेत स्वास्थ्य अवस्थामा सुधार नआएपछि प्रधान सम्पादक ढकाल मृगौलाको नियमित डाइलाशिसका लागि उक्त उपचार केन्द्रमा भर्ना भएको बताइएको छ । हाल प्रधानसम्पादक ढकाल सातामा तीन पटकसम्म मृगौलाको डाइलाशिस गराइरहेका छन् । पछिल्लो समय स्वास्थ्य अवस्थामा क्रमिक सुधार देखिएको छ ।

उनले केहीदिनदेखि जाउलो लगायतका खाना खान थालेको टेलिफोन सम्पर्कमा बताए । हातमा डाइलासिसका लागि पाइप लगाउने फिस्टुला तयार नभएकाले घााटीबाट पाइप लगाएर डाइलासिस हुादै आएको छ । फिस्टुला तयार नभएसम्म बाहिर हिंडडुल गर्दा संक्रमणको सम्भावना हुने भएकाले ढकाल चिकित्सककै निगरानीमा बस्दै आएका छन् ।

madan dhakalझापाको बिर्तामोड–१ निवासी ६७ बर्षीय ढकाल लगायतको २०७२ असोजदेखि उनको स्वास्थ्य अवस्था अचानक गम्भीर भएपछि सोही समयबाटै विभिन्न हस्पिटलमा उपचार गराउादै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर