Aamsanchar

असार पन्ध्र यस्तो देखियो ( विषेश फोटो फिचर )

Author Image
बुधवार, असार १५, २०७३

ह ह माले ह ह भन्दै र असारे गीत गाउदै असार पन्ध्रका दिन सामुहिक रोपाई अर्थात वेठी रोपाई गर्ने चलन नेपालमा पुरानो चलनमा पर्छ । त्यस्तै यस वर्ष झापामा पनि विभिन्न ठाउमा वेठी रोपाईको आयोजना भए । असार पन्ध्रलाई केही बर्ष देखी नेपाल सरकारले धान दिवस घोसणा गरी असार पन्ध्रमा विविध कार्यक्रम सरकारी पक्षवाट पनि हुने गरेको छ ।यस बर्ष  कृषि विकास कार्यालय, झापाले जामुनबारी कृषि सहकारी संस्था संग सहकार्यगरी कनकाई नगरपालिका २ मा वेठी रोपाई कार्यक्रम सम्पन्न गरेको छ । समाजका केही व्यक्तित्वहरुले पनि सामाजिक रुपमा असार पन्ध्र मनाएका छन ।   

 

चारपाने स्थित सा“गवेद संस्कृत मा.वि.मा पूर्व व्यवस्थापन समिति अध्यक्ष लोकनाथ खानाल र श्रीमती दिलमाया खनाल र परिवाजनहरु दहि चिउरा वितरण गर्दै । खनाल परिवारले विद्यालयका बटुक, शिक्षक, पिटिए समिति, विद्यालय व्यवस्थापन समिति, स्थानिय बासिन्दा र संघ संस्थाका प्रतिनिधीहरुलाई बोलाई २ मन चिउरा ६० किलो दही, १५ किलो चिनी र फलफुल खुवाएका थिए । ३ बर्ष अघि बिद्यालयकी शिक्षक कृष्णमाया रिजालले सुरुगरेको असार पन्ध्र मनाउने कार्यक्रमलाई यस बर्ष खानाल दम्पतीले निरन्तरा दिएका हुन । 

1

 

कनकाई २ मा आयोजित वेठी रोपाई कार्यक्रम

  १३ औं धान दिवस असार १५ मा जिल्ला कृषी विकास कार्यालय, झापा र जामुनखाडी कृषि सहकारी संस्था लिमिटेड, कनकाई नपा २ मा आयोजित बेठी रोपाई कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथी सामसद माननिय प्रेमकहादुर गिरी साथमा जिल्ला विकास समितिका  कार्यालयका प्रमुख खेम ओझा र वरिष्ट कृषि विकास अधिकृत मेघनाथ तिमल्सेना । 

 

2

 

  रोपाई दौडमा सहभागी महिला समुहमा दौडदै 

 

3

रोपाई दौडमा सहभागी  पुरुष समुहमा दौडदै 4

धान रोप्ने आधुनिक मेशिनको प्रर्दशनी हुदै 

5

वेठी धुन बजाउदै पञ्चेबाजा टोली 

6

 रोपाई स्थलमा पिउ ल्याउदै एक कृषक 

7

 वेठीबाजामा चाच्दै रोपाहारहरु 

8

व्यहारीक सिकाई अन्तरगत धान रोपाई गर्दै मिस मेचीका प्रतियोगीहरु । 

9

 

तस्वीरहरु : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 558

प्रतिक्रिया (०)

सम्बन्धित खबर