Aamsanchar

रकम लुट्ने दुई भारतीय पक्राउ

Author Image
बिहिवार, असार १६, २०७३

गाईघाट (उदयपुर) ।

उदयपुरको गाईघाटस्थित लोकतान्त्रिक चोक नजिकैको पसलबाट मध्याह्न विभिन्न कागजात र रु ५० हजार रहेको झोला लुटेर भाग्न लागेका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहारस्थित जोगवनी नजिकै बस्ने वर्ष ३५ का धरम यादव र पश्चिम बङ्गालस्थित सिलीगुडी बस्ने वर्ष १६ को रितेश ग्वाला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुले उदयपुरको डुम्रे घर भई पञ्चावतीको जनप्रेमी निमाविका शिक्षक भरतप्रसाद ढकालको रु ५० हजार नगद र कागजात रहेको झोला लुटेर भाग्न लाग्दा स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओम रानाले बताउनुभयो । प्रहरीका अनुसार शिक्षक दाहाल राष्ट्रिय वाणिज्य बैंक गाईघाट शाखाबाट नगद झिकेर गलैँचा किन्न गएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर