Aamsanchar

शान्ति र निरस्त्रीकरण शिक्षा

Author Image
बिहिवार, असार १६, २०७३

[राजकुमार ढुंगाना]

व्यक्तिको जीवनस्तर सुधार र समग्र समाजको उत्थानका लागि संस्थागत र निजी रूपमा ठूलो लगानी हुनेगरेको छ । शिक्षा क्षेत्रमा भएको लगानीका कारण आज विश्वमा धेरै कम मानिस मात्र निरक्षर रहन पुगेकाछन् । शिक्षाले मानिसलाई अँध्यारोबाट उज्यालोतिर लैजान्छ, कमजोरलाई बलियो बनाउँछ, अविकास रअशान्तिबाट मानिसलाई विकास र शान्तितर्फअग्रसर गराउँछ । यो मान्यता र विश्वासमा आधारित भएरनै शिक्षालाई व्यक्ति र राज्यले यति धेरै महत्त्व दिँदै आएका हुन् ।

समाज र संसारमा कसरी मिलेर बस्ने, आपसमा विवाद हुँदा कसरी समाधान गर्ने, आपसी भाइचारा रन्यायपूण् सम्बन्धको कसरी विकास गर्ने अनि समग्रमा सम्पूण् मानव समाज र विश्वलाई कसरी सुखीतथा सुरक्षित राख्ने भन्ने विषयमा शिक्षा दिनु ज्यादै महत्त्वपूण् कार्य हो । अर्को शब्दमा; व्यक्ति, समाज,देश र अन्ततः विश्वकै र्सवाङ्गीण विकास गर्न तथा विकास र शान्तिका चुनौतीहरू सामना गर्न मानवलाईसक्षम तुल्याउनु आजको शिक्षाको एउटा प्रमुख उद्देश्य हो । समाजमा हुने गरेका ध्वंसात्मक घटनाहरू,जस्तै कुटाकुट, झडप, हिंसात्मक द्वन्द्व तथा राजनीतिक, जातीय र क्षेत्रीय हिंसा र समाजमा दबेर रहेकाहिंसाका स्वरूपहरू, जस्तै– वहिष्करण, भेदभाव, शोषण, थिचोमिचो, कुटपिट, गालीगलौज, मानसिकयातना आदिबाट समाजलाई मुक्त गर्नु पनि शिक्षाको लक्ष्य हो । साथै द्वन्द्वबाट परेका चोट र बिग्रिएकोसम्बन्ध सुधार्नमा पनि शिक्षाको भूमिका रहन्छ ।

बढ्दो विश्वव्यापीकरणका कारण संसार झन्झन् व्यक्तिको नजिक हुँदो छ । आजका नेपाली नागरिक भोलिविश्वको कुनै पनि देशमा उच्च पदमा पुगेर विश्वलाई प्रभाव पार्न सक्छन् । त्यस्तो अवस्थामा उनीहरूविश्व शान्तिमा योगदान दिन सक्षम होउन् र समाज अनि विश्वलाई सुरक्षित राख्न अभ्रि्रेरित रहुन् भन्नेसबैको अपेक्षा रहन्छ । त्यसनिम्ति हामीले विद्यालयदेखि नै शान्ति शिक्षा मार्फ उनीहरूको मन रमस्तिष्कलाई संयम, सहयोग, दान, शान्ति, क्षमा, करुणा, न्याय, अहिंसा र प्रेमले भर्नु जरूरी छ ।हतियारको त्रासबाट समाजलाई मुक्त गर्नु छ । साथै मानव अधिकार, लोकतन्त्र, लैंगिक न्याय, नागरिकचेतना, कानूनी शासनको प्रत्याभूति गर्नका लागि योगदान गर्न सक्षम विश्वनागरिक तयार पार्नु पनिउत्तिकै आवश्यक छ । यसै कुरालाई ध्यानमा राखेर नेपाली समाजमा शिक्षाको माध्यमबाट शान्ति, सुरक्षार निरस्त्रीकरणलाई टेवा पुर्‍याउने उद्देश्यले नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रले कक्षा४ देखि १० सम्मको पाठ्क्रम र कक्षा ४ देखि ८ सम्मको सामाजिक, नैतिक, अंग्रेजी र नेपाली जस्ताविषयमा शान्ति र निरस्त्रीकरण सम्बन्धी पाठहरू समावेश गरिसकेको छ ।

के हो शान्ति र निरस्त्रीकरण शिक्षा ?

शान्ति शिक्षा त्यस्तो शिक्षा हो, जसले समाजमा शान्ति, सद्भाव, आपसी भाइचारा, प्रेम र करुणा प्रवर्द्धनगर्न, अनि समाजमा दबेर रहेका हिंसाका स्वरूपलाई पहिचान गरी तिनको निराकरण गर्न सघाउ पुर्‍याउँछ ।अर्को शब्दमा भन्दा समाजमा शान्ति बढाउने खालका तत्त्वहरू वृद्धि गर्ने र अशान्तिका कारक तत्त्वलाईनिराकरण गर्न सहयोग पुर्‍याउने शिक्षा नै शान्ति शिक्षा हो । यसले मानिसहरू बीचका मतभेद,मनोमालिन्य र विवादलाई अहिंसात्मक रूपमा समाधान गर्न र बिग्रिएको सम्बन्ध सुधार गरी दीगो रूपमाविश्वास र समझदारीपूण् सम्बन्ध निर्माण गर्न आवश्यक ज्ञान, सीप र धारणा उपलब्ध गराउँछ ।निरस्त्रीकरण शिक्षा पनि शान्ति शिक्षाको एउटा अभिन्न अङ्ग हो । यसले मानव सुरक्षाका लागि निर्माणगरिएका हतियारको दुरुपयोग, विध्वंसात्मक हतियारहरू जस्तै– रासायनिक र आणविक हतियार, क्षेप्यास्त्रआदिको उत्पादन; बिक्री–वितरण र ओसारपसारमा रोक लगाउने र बिस्तारै विश्वमा हतियारको कटौतीगर्न/गराउन आवश्यक ज्ञान, सीप र धारणा विकास गराउन मद्दत गर्छ । साथै, यसले हतियारको प्रयोगमारोक लगाउने कानूनको ज्ञान, हतियारको प्रयोगबाट पर्ने नकारात्मक प्रभाव र हतियार उत्पादनमा भइरहेकोठूलो धनराशिको प्रयोगमा कमी ल्याउनका लागि सक्रिय हुने सीपको विकास गराउँछ ।

शान्ति र निरस्त्रीकरण शिक्षाले :

सिमाजमा दीगो शान्तिका तत्त्वहरू जस्तै– आपसी विश्वास, करुणा, भाइचारा, संयम, सहयोग, दान,शान्ति, क्षमा, न्याय, अहिंसा र प्रेमको प्रवर्द्धन गर्न सहयोग पुर्‍याउँछ;

शिक्षक र विद्यार्थीलाई समाजमा विद्यमान गरीबी, भोकमरी, वहिष्करण, भेदभाव, शोषण, थिचोमिचो,पक्षपात, घृणा आदिको विकल्प खोज्न उत्प्रेरित गरी समाजमा न्याय र मानव अधिकार सुनिश्चित गराउनसहयोग पुर्‍याउँछ;

विवाद, भनाभन, कुटाकुट, सामूहिक झडप, घरेलु वा आधुनिक हतियारको प्रयोग, युद्ध आदि जस्ताक्रियाकलापलाई अहिंसात्मक तरीकाबाट समाधान गर्ने सीप र बानीको विकास गराउँछ;

हितियारको उत्पादन, प्रयोग र बिक्री–वितरणमा रोक लगाई समाजलाई सुरक्षित र भयरहित राख्न सहयोगपुर्‍याउँछ ।

शान्ति र निरस्त्रीकरण शिक्षाका लागि

आवश्यक अवस्था

शान्ति र निरस्त्रीकरण शिक्षाका लागि उपयुक्त अवस्था सिर्जना गर्न हामीले केही महत्त्वपूण् विषयहरूमाध्यान पुर्‍याउनु जरूरी हुन्छ :

१. स्वस्थ शिक्षक : शिक्षकको व्यक्तिगत जीवन स्वस्थ र सन्तुलित हुनु प्रभावकारी शान्ति शिक्षाकोअनिवार्य शर्त हो । स्वस्थ शिक्षकले मात्र असल शान्ति प्रवर्द्धकको रूपमा कक्षामा भूमिका खेल्न सक्छ ।

२. सुरक्षित र मैत्रीपूण् वातावरण : विद्यार्थी र शिक्षकले आफ्नो जीवनको महत्त्वपूण् अंश विद्यालयमाबिताउने भएकाले त्यहाँको वातावरण सुरक्षित साथै विद्यार्थी र शिक्षकहरूलाई मन पर्ने हुनुपर्छ । यसमाशिक्षक र विद्यार्थीले विद्यालयभित्र निश्चित नीति–नियम र परिधिभित्र रही आफ्नो ज्ञान, सीप र क्षमतादेखाउन तथा नयाँ प्रयोग गर्न पाउने वातावरण आवश्यक पर्छ । साथै, शिक्षकका पेशागत हकहितको सुरक्षार न्यूनतम भौतिक पूवाधारसमेत नभई नहुने कुरा हुन् ।

३. कक्षाकोठाको वातावरण : कक्षाकोठामा विद्यार्थी र शिक्षकबीच खुला छलफल गर्न सक्ने, सुरक्षित,भयरहित, भेदभावरहित, हिंसामुक्त वातावरण हुनुपर्छ । शिक्षक र विद्यार्थीबीच आपसी सम्मान रविश्वासको भावना कायम हुनु आवश्यक हुन्छ । कक्षामा रमाउने र कक्षामा जान पाउँदा खुसी हुने शिक्षकतथा विद्यार्थी जस्तोसुकै अवस्थामा पनि सफल हुन सक्छन् । यसैले शान्ति शिक्षाका लागि खुलेर बहसगर्न पाउने, नजानेका विषयमा सोधखोज गर्न तत्पर, नयाँ ज्ञान, सीप सिक्न तत्पर जीवन्त कक्षाकोआवश्यकता पर्छ । यसका लागि शिक्षकले कक्षाकोठामा लोकतान्त्रिक विधि र पद्धतिको अभ्यास,सकारात्मक आलोचना र खुला बहसलाई स्वागत गर्न सक्नुपर्छ ।

४. पाठ्यक्रम र शैक्षिक सामग्री : शान्ति र निरस्त्रीकरणका ज्ञान, सीप र धारणालाई प्रभावकारी रूपमासिक्न/सिकाउन सोही विषय समावेश भएको पाठ्यक्रम र पाठ्यपुस्तक अनि शैक्षिक सामग्रीहरू आवश्यकहुन्छ ।

५. शिक्षण विधि : शान्ति र निरस्त्रीकरण विषयवस्तु पठनपाठन गर्नका लागि सोही अनुकूलको शिक्षणविधि प्रयोग हुनुपर्छ । यसको माध्यमबाट शिक्षकले विश्व नागरिक तयार पार्न महत्त्वपूण् भूमिका खेल्नसक्छन् ।

६. शान्ति र निरस्त्रीकरणमा लगानी : सुरक्षाका नाममा हातहतियार, सेना, सशस्त्र फौजका लागि हालभइरहेको ठूलो धनराशीलाई शान्ति र निरस्त्रीकरण प्रवर्द्धनमा लगानी अर्को महत्त्वपूण् आवश्यकता हो ।यसका लागि प्रभावकारी आवाज उठाउने ज्ञान र सीप विकास गर्न शिक्षकले महत्त्वपूण् भूमिका खेल्नसक्छन् । शिक्षाको माध्यमबाट नयाँ पिँढीलाई अहिंसाको बाटो हिँड्न सक्ने र हतियारको होडबाजीबाटसुरक्षित हुन सक्ने बनाउनु शिक्षक, विद्यार्थी, अभिभावक र सबैको कर्तव्य हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर