Aamsanchar

चारआली-चन्द्रगडी सडकको दुर्रदशा

Author Image
शुक्रवार, असार १७, २०७३

झापाको सदरमुकाम चन्द्रगडी हुदै भद्रपुर केचना सम्म पुग्ने यो सडक चन्द्रगडी सम्म बनेको कालोपत्रे  केही बर्षवाटै पूर्णरुपले विग्रिएको छ । बाटो  बिग्रिदा धेरै पक्षलाई अफ्ट्यारो गरेको छ एतीवेला, भारत बाट नेपाल भ्रमणमा आउने पर्यटकहरु एयरपोर्ट पुग्न छोटो दुरी पर्ने भएर यही बाटो हुदै चन्द्रगडी जाने गर्छन, यस्तो वाटोहुदै नेपाल भित्रने पर्यटकले स्वभाववैले महसुस गर्छन की नेपालको पूर्वी स्वागत जिल्ला झापाको अवस्था कस्तो रहेछ भनेर ।  त्यस्तै  झापाको पूर्वी उत्तरी क्षेत्रका वासिन्दाहरु सदरमुकाम पुग्न  यसै बाटोलाई मुख्य मार्ग बनाउने गरेका छन  । पहाडी जिल्ला इलाम, पा“चथर र ताप्लेजुङका  वासीन्दाहरु विभिन्न अञ्चल कार्यालय जानुपर्दा   यहि वाटो हुदै सिधा ओरालो झर्ने गर्दछन । दुवागढी र भद्रपुर नगरपालिका क्षेत्रमा रहेका उद्योगका मालबहाक सवारी साधन यही बाटो प्रयोग गर्छन । बहु संख्यक सरोकार वालको लागी यो बाटो  भौगोलिक दृष्टीकोणले होस वा विकास नमुनाको हिसावले यो सडक मजबुद र राम्रो हुन अत्यन्त आवसेक छ । करिव ४ किलोमिटरको दुरी जंगल क्षेत्रको रमाईलो यात्रा  त्यसपछी गाउले परिवेस  अत्यन्तै शुन्दर, रमाईलो अनी सुगममा पर्ने चारआली चन्द्रगढी सडक क्षेत्र आजभोली  बिग्रेको बाटोको कारण दुर्घम र कुरुप क्षेत्र देखिन्छ ।  चारआलीवाट चन्द्रगडीको दुरी १० किलो मिटर पर्छ । सडक राम्रो  हुदा १० मिनेटमा चन्द्रगडी सहजै पुग्न सकिने  दुरी आजभोली करीव १ घण्टा लाग्ने गरेको स्थानिय हरु भन्छन । सरकारी निर्णय अनुसार केहीबर्ष अघीनै चारआली केचना सडक खण्डको ३९ किलोमिटर सडक निर्माण गर्ने ठेक्का भारतिय कम्पनीले जि.भि. आर इन्फ्रा प्रोजेक्ट्स लिमिटेड लाई नेपाल सरकार भौतिक तथा योजना मन्त्रालयले लिएको हो ।  तर ठेका पाएको कम्पनीले सडक निर्माणमा हाल सम्म कुनै तदारुकता नदेखाउनुले  सडक यो अवस्था आएको छ ।   सडक निर्माण ठेक्का लिएर जि.भि. आरले  सडक निर्माण  नर्गनुको कारण के हो ? कहिले सम्म यो  क्षेत्रका  बासिन्दाले हिउदमा धुलो र बर्षायाममा हिलो सहेर बस्नु पर्ने हो यसको एकीन जवाफ मागगर्न  स्थानिय नागरिक अगुवा, राजनितिक्ज्ञ, उद्योगी ,व्यवसायी, समाज सेवी, सर्वसाधारण र निर्वाचित सामसदले नेपाल सरकारको सम्वन्धित निकाय संग जवाफ खोज्न आवसेक देखिन्छ । सव्द तस्वीर : विनोद पाण्डे/आमसंचार

_MG_0581  _MG_0584
 _MG_0586  _MG_0590  _MG_0592  _MG_0599  charali-to-chandragadi

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर