Aamsanchar

पोचुर्गल युरोकपको सेमिफाइनलमा

Author Image
शुक्रवार, असार १७, २०७३

झापा ।

indexp

पोर्चुगल युरोकप फुटवलको सेमिफाईनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न खेलमा पोल्याण्डलाई टाईब्रेकरमा ५–३ गोल अन्तरमा पराजित गर्दै पोर्चुगल अन्तिम चारमा प्रवेश गरेको हो ।

रिकार्डो क्वारेस्माले पोर्चुगलका लागि पेनाल्टीमा निर्णायक गोल गरेका थिए । पोल्याण्डका दुई जना खेलाडी पेनाल्टीमा गोल गर्न चुकेपछि क्रिष्टियानो रोनाल्डोको पोर्चुगल अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

पेनाल्टी सुटआउटमा दुवै टोलीले सुरुवाती ३ गोल गरेपनि जाकुबको प्रहार पोर्चुगलका रुई पेट्रिकोले रोकेपछि पोल्याण्ड अन्तिम आठमै रोकिन बाध्य भयो ।

यसअघि खेलको निर्धारित र थपिएको ३० मिनेट १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो मिनेटमा नै रोबर्ड लेवान्स्कीले उत्कृष्ट गोल गर्दै पोर्चुगलमाथि दवाव सृजना गरेका थिए । तर ३३ औं मिनेटमा टिनएजर रेनाटो सान्सेसले गोल गर्दै निर्धारित ९० मिनेट भित्र पोर्चुगलको हार टारेका थिए ।
लीग चरणका तीनै खेलमा बराबरी गर्दै अन्तिम १६ मा प्रवेश गरेको पोर्चुगलले प्रिक्वाटरफाईनलमा भने क्रोएसियालाई एक्स्ट्रा टाईममा पराजित गरेको थियो ।

सेमिफाईनलमा पोर्चुगलले आज राती हुने बेल्जियम र वेल्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । नेपाली समयअनुसार राती पौने १ बजे युरोकपको नवप्रवेशी वेल्सले उपाधिको दावेदार मानिएको वेल्जियमको सामना गर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर