Aamsanchar

साउन १ देखि विद्युत महसुल बढ्ने

Author Image
शुक्रवार, असार १७, २०७३

काठमाडौं।

indexbb

नेपाल विद्युत प्राधिकरणले साउन १ गतेदेखि लागू हुने गरी विद्युत महसुल बृद्धि गरेको छ ।

ग्राहकलाई सात तहमा वर्गीकरण गरी महसुल बृद्धि गरेको हो । जसअनुसार उपभोक्ताले न्यूनतम २० युनिटसम्म विद्युत उपभोग गर्दा न्यूनतम ३० रुपैयाँसहित प्रतियुनिट ३ रुपैयाँका दरले महसुल तिर्नुपर्नेछ ।

त्यस्तै २१ युनिटदेखि ३० युनिटसम्म न्यूनतम ५० रुपैयाँ र प्रतियुनिट ७ रुपैयाँ तिर्नुपर्ने छ । ३१ देखि ५० युनिटसम्म न्यूनतम ७५ रुपैयाँ र प्रतियुनिट ८ रुपैयाँ ५० पैसा तिर्नुपर्ने छ भने ५१ देखि १५० युनिटसम्म न्यूनतम एक सय रुपैयाँ र प्रतियुनिट १० रुपैयाँ तिनुपर्नेछ ।

१५१ देखि २५० युनिटसम्म न्यूनतम १२५ र प्रतियुनिट ११ रुपैयाँ, २५१ देखि ४०० युनिटसम्मका लागि न्यूनितम १५० र प्रतियुनिट १२ रुपैयाँ, सोभन्दा माथि खपत गर्ने ग्राहकले न्यूनतम १७५ रुपैयाँ र प्रतियुनिट १६ रुपैयाँ महसुल तिर्नुपर्ने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर