Aamsanchar

पूर्व मन्त्री मानन्धरको निधन

Author Image
शुक्रवार, असार १७, २०७३

काठमाण्डौं ।

index

पूर्व मन्त्री एवं संघीय समाजवादी फोरमका नेता मंगलसिद्धी मानन्धरको आज निधन भएको छ ।

राजधानीको थापाथलीस्थित नर्भिक हस्पिटलमा उपचाररत मानन्धरको ७५ वर्षको उमेरमा निधन भएको हो । उहाँ प्रोष्टेट क्यान्सरबाट ग्रसित हुनुहुन्थ्यो ।

भारतको राजिव गान्धी क्यान्सर अस्पतालमा प्रोष्टेट क्यान्सरको उपचार गरी पुन : नर्भिकमा भर्ना हुनुभएका मानन्धरको आज बिहान ११ बजेर ४५ मिनेटमा हृदयघातका कारण मृत्यु भएको संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

मानन्धर दोस्रो संविधानसभा निर्वाचनअघि एमाले छाडेर संघीय समाजवादीमा प्रवेश गर्नुभएको थियो । २०५६ सालमा एमालेबाट प्रत्यक्ष निर्वाचित सांसद बनेका मानन्धर पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद समेत हुनुहुन्थ्यो ।

एमालेमा रहँदा मानन्धर २०६३ को राजनीतिक परिवर्तनपछि तत्कालिन गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारमा शिक्षा तथा खेलकुद मन्त्री हुनुहुन्थयो । झोसे निवासी मानन्धरका २ छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर