


[आमाको स्मृतिमा १० लाख रूपैयाको अक्षयकोष]
बिर्तामोड ।
झापा बिर्तामोडका व्यवसायी तथा सामाजिक कार्यमा सक्रिय युवा अर्जुन चुडालले आफ्नी स्वर्गीय आमा देवीमाया चुडालको स्मृतिमा १० लाख रूपैयााको अक्षयकोष स्थापना गरेका छन् ।
बिर्तामोड–७ निवासी चुडालले उक्त अक्षयकोषको व्याजबाट यसै बर्षदेखि कक्षा ११मा अध्ययन गर्ने ७ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा समेत गरेका छन् । चुडालका अनुसार जेहेन्दार तथा गरीब छात्रछात्रालाई उक्त छात्रवृत्ति प्रदान गरिनेछ । मनकामना कलेजमा व्यवस्थापन संकायमा अध्ययन गर्न चाहने छात्रछात्राका लागि कलेजसागको सहकार्यमा उक्त छात्रवृत्ति प्रदान गरिने बताइएको छ । कक्षा ११मा छात्रवृत्ति पाएकाले कक्षा १२मा पनि सो छात्रवृत्ति स्वत: प्राप्त गर्ने तथा ती मध्ये उत्कृष्ट दुई जनालाई स्नातक तहमा समेत छात्रवृत्ति प्रदान गरिने चुडालले जानकारी दिए । छात्रवृत्ति प्राप्त गर्नका लागि न्यूनतम् वी प्लसभन्दा माथिल्लो अंकका साथ एसएलसीमा उत्तीर्ण हुनुपर्ने मापदण्ड तोकिएको छ । सात जनालाई प्रदान गरिने छात्रवृत्ति मध्ये दुई जना सहारा नेपाल साकोसका शेयर सदस्यका छोराछोरीका मध्येबाट छनौट गरिने पनि चुडालले जानकारी दिए । चुडाल सहारा नेपाल साकोसका सञ्चालक समिति सदस्य समेत हुन् ।
आफूहरूलाई पढाउनका लागि आमा देवीमायाले गरेको दु:ख तथा धेरै पढ्ने चाहना हुादाहुादै पनि आर्थिक समस्याका कारण पढ्न नसकेको यथार्थ मनन गरी गरीब तथा जेहेन्दार विद्यार्थीले यस्तो समस्या भोग्नु नपरोस् भन्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको संस्थाका चुडालले बताए । उनी वीरता जेसीजका सदस्य, नेपाल रेडक्रस सोसाइटीका विशिष्ठ सदस्य तथा आदर्श ल्याण्ड एण्ड हाउजिङका सञ्चालक हुन् ।