Aamsanchar

‘पुराण लगाउनु भन्दा रक्तदान गर्नू ठूलो पुण्यकर्म’

Author Image
शनिवार, असार १८, २०७३

lokraj dhakal
बिर्तामोड ।
नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले श्रीमद् भागवत सप्ताह पुराण लगाउनुभन्दा रक्तदान गर्नु मानव जीवनमा ठूलो पुण्यकर्म भएको बताएका छन् ।
बिर्तामोडमा जेसीज सप्ताहको उद्घाटन गर्दै उनले कसैले दान गरेको रगतले कोही अर्को मानिसले नयाा जीवन प्राप्त गर्ने हुादा यो जीवनकै सबैभन्दा ठूलो पुण्य कर्म हो भने । उनले रक्तदान गरेर पुण्य आर्जन गर्न पनि आग्रह गरेका छन् । बर्षाद र चाडपर्वको समयमा रगतको अभाव हुने हुादा अभाव टार्नका लागि उमेर पुगेका र रक्तदान गर्न मिल्ने सबैमा झापाका ५ वटै ब्ल्डबैंकमा सोझै गएर तथा विभिन्न संस्थामा कार्यक्रम आयोजना गरेर रक्तदान गर्न सकिने बताए । झापा रगतको लागि ट्राञ्जिट पोइन्टको रुपमा विकास भइरहेको चर्चा गर्दै सभापति ढकालले झापाले काठमाडौं, विराटनगर, धरान, लहान, पााचथर, इलाम तथा भारतमा समेत रगत जाने गरेको जानकारी गराए । कहिले काही कुनै–कुनै रक्त समूहको रगत लामा समयसम्म अभाव हुने समस्या देखिएको र चाहिएको बेला रगत नपाउादा विरामीको ज्यानै जोखिममा पर्ने हुादा हरेकले आफ्नो रक्तसमूहसाग मिल्ने १० जना रक्तदातासाग सम्पर्क सम्बन्ध विस्तार गर्न सुझाव दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर