Aamsanchar

कानुन विपरीत विद्युत महसुल बढाएको भन्दै उजुरी

Author Image
शनिवार, असार १८, २०७३

काठमाडौँ ।

उपभोक्ता हित संरक्षण मञ्चले कानुन विपरीत विद्युत् महसुल बढाएको जनाई  व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत र उपभोक्ताहित सम्बन्धन समितिमा उजुरी दर्ता गरेको छ ।

मञ्चका अध्यक्ष ज्योति बानियाँको नेतृत्वमा गएको टोलीले उजुरी दर्ता गरेको हो । विद्युत् महसुल निर्धारण नियमावली २०५० को नियम ६ (१) ले वर्षमा एकपटक मात्र बढाउने र पाँच प्रतिशतभन्दा बढी बढाउन नपाउने व्यवस्था भए पनि उक्त व्यवस्थालाई कुल्चेर विद्युत् महसुल बढाएको भन्दै आपत्ति जनाएको हो ।

यस्तै विद्युत् महसुल घटाउँदा बढाउँदा आधार खोल्नुपर्नेमा नखोलेको र सार्वजनिक सुनुवाइ नगरेको मञ्चले जनाएको छ । मञ्चले विद्युत् चुहावट नियन्त्रण र सुविधा पुनरावलोकन गरे विद्युत् महसुल बढाउन नपर्ने बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 358

प्रतिक्रिया (०)

सम्बन्धित खबर