Aamsanchar

इटालीलाई हराउँदै जर्मनी युरोकपको सेमिफाइनलमा

Author Image
आइतवार, असार १९, २०७३

एजेन्सीः

timthumb

जर्मनी युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इटालीलाई सडन डेथमा पराजित गर्दै जर्मनी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

फ्रान्सको बोर्डोमा शनिबार राति भएको तेस्रो क्वाटरफाईनल खेलको निर्धारित समयमा दुवै टोलीले एक एक गोल गर्दै बराबरी खेलेका थिए । जर्मनीका मेसुत ओजिलले पहिलो गोल गरेका थिए भने ईटालीका लियानार्दो बोनुर्चीले पेनाल्टी मार्फत खेललाई बराबरी बनाएका थिए ।

 

 

 

त्यसपछि थपिएको ३० मिनेटको समयमा दुवै टोलीले कुनै गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पहिलो पाँच प्रहारमा दुई दुई गोल गरेका दुवै टिमले दोस्रो पटकको पेनाल्टी सुटआउटको चौथो बलमा ईटालीका माटियो डार्मीयानले बललाई जाली चुमाउन नसकेपछि जर्मनीले जीत हात पारेको हो ।

अब सेमिफाइनलमा जर्मनीले फ्रान्स र आइसल्याण्डबीच भएको अन्तिम क्वाटरफाइनल खेलको बिजेतासँग प्रतिस्पर्धा गर्र्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर