Aamsanchar

विद्यालय छ,जाने बाटो छैन

Author Image
आइतवार, असार १९, २०७३

anarmani pb

बिर्तामोड ।
विद्यालय छ, त्यहा पुग्ने बाटो छैन । सुन्दा पत्यार नलाग्ला । तर, यथार्थ हो, त्यो पनि बिर्तामोडकै एक विद्यालयको । विद्यालय हो– बिर्तामोड–७ स्थित अनारमनी प्रावि । जहा पुग्ने बाटै छैन । खेतको आलीबाट विद्यालय जानुपर्ने बाध्यता रहेको प्रधानाध्यापक टंक कटुवाल बताउछन् ।
महेन्द्र–रत्न उमाविले प्रदान गरेको जग्गामा निर्मित अनारमनी प्रावि पुग्नका लागि सोही उमाविको जग्गा भएर जानुपर्छ । ‘दुईपटकसम्म महेन्द्र–रत्नको सहमतिमा बाटो छुट्याइयो’– प्रधानाध्यापक कटुवाल भन्छन्– ‘सो जग्गा उपभोग गर्ने दुई परिवारले छुट्याइएको बाटो पनि जोतखन गर्दा समस्या झन् बढेको छ ।’
विद्यालय पुग्न विद्यार्थी, शिक्षक, अभिभावकलाई होस् या त विद्यालयका लागि कुनै पनि सामग्री लैजान खेतको आलीबाट जानुपर्ने बाध्यता रहेको बताइन्छ । यो समस्या डेढ सय मिटर दुरीको मात्र हो । विद्यालयबाट डेढ सय मिटरको दुरीसम्म मात्र समस्या रहेको र त्यस उता राम्रै बाटो रहेको छ । शिक्षक, विद्यार्थीले लगेका सवारी साधन वरै बाटैमा या कसैको घरमा थन्क्याउनुपर्छ । अपाङ्ग विद्यार्थी समेत अध्ययन गर्ने सो विद्यालयमा उनीहरूलाई पुग्न ज्यादै कष्ट हुने गरेको विद्यार्थीको गुनासो छ ।
प्रधानाध्यापक कटुवाल बिर्तामोडका राजनीतिक दलका नेता तथा नगरपालिकाका प्रमुखलाई एकपटक अनारमनी प्रावि पुगिदिन र बाटोको समस्या समाधान गरिदिन आग्रह गर्छन् । ‘एकपटक नेताज्यूहरू र नगरपालिकाका प्रमुखज्यू विद्यालय आइदिनुपर्‍यो’– पूर्वाञ्चलकर्मीसाग प्रधानाध्यापक कटुवालले भने– ‘विद्यालय पुग्ने बाटो छैन । गरीब तथा मजदुरका छोराछोरी पढ्ने विद्यालयका समस्या बुझेर समाधानको पहल गरिदिनुहोस् ।’
anarmani pbf


तत्कालीन अनारमनी गाविसका निर्वाचित उपाध्यक्ष लोकबन्धु कन्दङवा महेन्द्र–रत्न उमाविले सहमति दिएको अवस्थामा दल र नगरपालिकाले अग्रसरता लिने हो भने बाटोको समस्या समाधान हुने बताउाछन् । कन्दङ्वाकै पहलमा पछिल्लो पटक महेन्द्र–रत्न उमाविले सो विद्यालयलाई थप पााच कठ्ठा जग्गा दिएको छ । विद्यालयको जग्गा अहिले १० कठ्ठा भएको छ । आसपासको जग्गा बर्षौंदेखि कमाउादै आएका मध्ये दुई परिवारले आफूलाई मोही दावी गर्दै बनाइएको बाटो पटक–पटक जोतखन गरिदिने गरेका छन् । त्यहाा महेन्द्र–रत्न उमाविको जग्गा भिट्टाको रूपमा खरिद विक्री गर्ने क्रम बढेसागै अरु समस्या देखा पर्दै गएको बताइन्छ ।
राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा शिक्षा प्रदान गर्न र शिक्षाको अधिकार सहज रूपमा ग्रहण गर्ने अवस्थाका लागि बाटो बनाउनै पर्ने बताउाछन् । ‘विद्यालयमा पुग्ने बाटो सहज बनाउनैपर्छ, सरोकारवाला सबैले ध्यान दिनुपर्‍यो’– सुब्बा भन्छन्– ‘यो आम उपभोक्ताको अधिकार हो ।’
२०६९ सालमा स्थापित अनारमनी प्राविको अस्तित्व नै संकटमा परेको बेला २०७२ कात्तिकबाट कटुवालले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेपछि उनीसहित शिक्षक टिम, व्यवस्थापन समिति र अभिभावक संघको पहलमा केही सुधारको शुरुवात भएको छ । यसै बर्ष शिक्षा कार्यालयले प्रदान गरेको १९ लाख रूपैयााको लागतमा भवन निर्माण भएको छ । भवन अभावमा यसअघि चित्राको बेरामा तथा एउटै कोठामा तीन वटासम्म कक्षा सञ्चालन गर्दै आएको थियो । विद्यालयले यो पटक सबै विद्यालयलाई टाइ, बेल्ट र व्यागको व्यवस्था गर्दैछ । १६९ विद्यार्थी त्यहाा अध्ययनरत् छन् । दातृ निकाय, सामाजिक संघ–संस्थालाई पनि प्रधानाध्यापक कटुवालले विद्यालयको भौतिक विकासमा सहयोग गर्न अपिल गरेका छन् ।
विद्यालयमा सुधार भएका पक्षहरू
विद्यार्थी संख्या बढेको छ । विद्यालय खोल्ने समय र बढ्ने समय नियमानुसार शुरु भएको छ । पाठ्यपुस्तक र छात्रवृत्ति वितरण व्यवस्थित गरिएको छ । आवश्यक फर्निचरको व्यवस्था मिलाइएको छ । विद्यालयमा बालक्लब गठन भएको छ । उक्त क्लबले विद्यालयको हाताभित्र फोहोरको व्यवस्थापन गर्दै आएको छ । स्थायी, अस्थायी, सहयोगी कार्यकर्ता र कर्मचारी सबैलाई व्यक्तिगत तवरबाट पोशाकको व्यवस्था गरिएको छ । निर्धारित मापदण्ड अनुसार तीन कोठे भवन १९ लाख रूपैयााको लागतमा भर्खरै निर्माण पूरा भएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र भवन निर्माण समिति बनाएर सबै काम पारदर्शी गरिादै आएको छ । शिक्षक र विद्यार्थी मात्र होइन, अभिभावकलाई विद्यालयप्रति जिम्मेवार, अपनत्वको भावना र विद्यालय पुग्ने वातावरण विकास गरिएको छ । यसअघि घण्टी समेत नभएको अनारमनी प्रावि अब विद्यालय जस्तो देखिन थालेको छ । अभिभावकमा शिक्षाको चेतना जागृत भई आफ्ना बालबालिकालाई खाजा लिएर आउने उनीहरूको पठनपाठन बारे जानकारी लिने जागरुकता बढेको छ ।

anarmanii pb fa
विद्यालयको समस्या
मुख्यत: विद्यालय पुग्ने बाटै छैन । विद्यालयमा कक्षा अनुसार शिक्षकको व्यवस्था हुन सकेको छैन । अधिकांश विद्यार्थी गरीब र मजदुरका छोराछोरी भएकाले उनीहरूको पोशाकको व्यवस्था गर्न समस्या देखिएको छ । कक्षा अनुसार कक्षा कोठाको अभाव अझै कायमै छ । विद्यालयको भौतिक सम्पत्तिलाई केही स्थानीयले हेरचाह नगरी लापर्वाही र दुरूपयोग गरेको अवस्था छ । विद्यालय हाताभित्र लागूपदार्थ सेवनकर्ताको अखडा भन्दै गएको तथा त्यस विषयमा स्थानीय प्रहरीलाई जानकारी गराउादा पनि आवश्यक कार्वाही भएको छैन । बिर्तामोड मुक्तिचोकबाट तीन किलोमिटर भित्रै रहेको विद्यालयको अवस्था बारे यहााका राजनीतिक दल, नागरिक समाज, नगरपालिकाले वेवास्ता गरिरहेका छन् । विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तर बारे सरोकारवाला निकायले चासो नराख्दा समस्या अरु बढेर गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर