Aamsanchar

युवक अपहरणमुक्त, दुई अपहरणकारी नियन्त्रणमा

Author Image
आइतवार, असार १९, २०७३

विराटनगर।

अपहरणमा परेका एक युवकलाई प्रहरीले अपहरणमुक्त गर्नुका साथै दुई अपहरणकारीलाई पक्राउ गरेको छ ।

धनकुटाको छिन्ताङ–८ घर भई हाल सुनसरीको धरान–९मा डेरा लिई बसेका १९ वर्षीय युवक एमकुमार लम्जेललाई अपहरणमुक्त गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विराटनगर–१५स्थित बसपार्क नजिकबाट लम्जेललाई यही असार १४ गते अपराह्न ८÷१० जनाको समूहले अपहरण गरी मोरङको बुधनगर–६ स्थित आनन्द यादवको घरमा राखेका थिए । अपहरणकर्ताले पीडित पक्षसँग रु पाँच लाख फिरौती माग गरेको बताइएको छ ।

प्रहरीबाट ढिलोप्राप्त जानकारीअनुसार, सो गाविसको फोक्सा भएर बीआर३८सी७२६९ नम्बरको मोटरसाइकलको बीचमा राखेर सो गाविसको फोक्साभएर भारततर्फ १७ गते लगिरहेको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।

उक्त मोटरसाइकलमा सवार दुई अपरहणकर्ता आनन्द यादव र सनपत यादवलाई मोटरसाइकलसहित पक्राउ गरिएको छ ।

उनीहरुमाथि अपरहण तथा शरीरबन्धक मुद्धा दर्ता गरिएको प्रंहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)