Aamsanchar

आयो है रकेट चुलो

Author Image
सोमवार, असार २०, २०७३

पथरी (मोरङ)।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले मोरङका विभिन्न गाविसलाई धुवाँमुक्त बनाउन सुधारिएको चुलो वितरण गर्न थालेको छ ।

जिल्ला विकास समिति मोरङका ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहका अनुसार बारङ्गी गाविसका ६ र ८ नम्बर वडामा यो वर्षमा २६० परिवारलाई सुधारिएको रकेट चुलो वितरण गरिएको छ ।

जिविसको रु दुई लाख ६० हजार, गाविसको रु ५२ हजार तथा स्थानीय उपभोक्ता समितिको सहयोगमा चुलो वितरण गरिएको जिविसका ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहले बताउनुभयो ।

धुवाँ नआउने तथा एक ठाउँबाट अर्को ठाउँसम्म लैजान सजिलो चुलो वितरण गरेर गाउँलाई नै धुवाँमुक्त बनाउन अभियानमा जिविस लागेको सिंहको भनाइ छ । सो गाविसको अन्य वडामा सुधाारिएको चुलो वितरण भइसकेको छ । एउटा रकेट चुलोको रु एक हजार ४०० पर्दछ । दाउराको खपत कम गर्न चुलो महत्वपूर्ण हुने जनाइएको छ ।

रङ्गेली नगरपालिका पूर्ण खोप सुुनिश्चित घोषणा

रङ्गेली नगरपालिकालाई आइतबार पूर्ण खोप सुुनिश्चित नगरपालिका घोषणा गरिएको छ ।

रङ्गेली नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप नगरपालिका घोषणा गरेको हो ।

गत आवमा जन्मेदेखि २३ महिनासम्मका ७२९ जनामध्ये शतप्रतिशत बालबालिकाले पूर्ण खोप लगाएपछि पूर्ण खोप घोषणा गरिएको हो । योसहित मोरग जिल्ल्लामा एक उपमहानगरपालिका, दुुई नगरपालिका तथा ३३ वटा गाविसलाई पूर्ण खोप घोषणा गरिएको छ ।
सो अवसरमा २०४६ सालदेखि कार्यरत २७ जना महिला स्वयम्सेविका, टकुुवा तथा आमगाछी स्वास्थ्य चौकी साथै स्वास्थ्यकर्मी, कर्मचारीलाई कदरपत्र तथा सम्मान गरिएको थियो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर