Aamsanchar

भाइरल भयो असारे विकासको तस्वीर

Author Image
सोमवार, असार २०, २०७३

काठमाडौं ।

असारको चुहुँदो झरीमा सरकारी निकायहरु सडक पिच गर्ने काममा धमाधम लागिरहेका छन् । सरकार आफैं सडक पिच गर्ने नाममा बालुवामा पानी हालेसरह १५ दिनमा एक अर्ब सक्ने ध्याउन्नमा छ ।

सरकारी निकायले आज गरेको पिच भोलि आउने वर्षेभेलले बगाएर लगिरहेका बेला केही दिनयता एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

नेपालको अहिलेको सन्दर्भमा ठ्याक्कै मिल्ने यो फोटोलाई फेसबुक र ट्वीटरमा अपलोड गरेर सरकारी निकायको धज्जी उडाउने क्रम जारी छ ।

एक युवकले पिच सडकको एक पत्रलाई तन्ना उठाएसरह उठाइरहेका छन् । यो फोटोलाई धेरैले नेपालकै भनिरहेका छन् ।

नेपालमै कुनै समय भ्रष्टाचारविरुद्धको अभियान छेडेका केदार खड्काले फोटोलाई यहीँको भएको आशयसहित यस्तो ठैक्का स्वीकृत गर्ने कर्मचारी, बिल पास गर्न‍े इन्जिनिय र ठेकेदारप्रति आक्रोश ब्यक्त गर्दै फेसबुकमा पोस्ट गरेपछि अहिले भाइरल भएको छ ।

उनको फेबुक वालबाट मात्रै २४ घन्टाभित्र ३ हजार पाँच सय ६७ पटक यो फोटो सेयर भइसकेको छ ।

बिहारमा समेत यही फोटो त्यहीँ भएको भन्दै भाइरल बनाइएपछि त्यहाँका कार्यवहाम मुख्यमन्त्री तेजस्वी यादवले ट्वीट गरेर खण्डन गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भाइरल भइरहेको यो फोटो बिहारको नभइ बंगलादेशको भएको पुष्टि गरेका छन् । उनले#मत_बदनाम_करो_बिहार_को ट्वीट ट्रेन्ड नै चलाएर बिहारको बदनाम नगर्न सामाजिक सञ्जालका प्रयोगकर्तालाई अपिल गरेका छन् ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर