![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![images (2)](http://aamsanchar.com/wp-content/uploads/2016/07/images-2-1.jpg)
सुरु–सुरुमा मानिसहरू क्यामेराबाट मात्र सेल्फी लिन्थे, पछि सेल्फी स्टिक आयो । अब त जुत्ता, चम्चा, औंठी र काइँयोबाट पनि सेल्फी लिन सकिने भएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
जुत्ताले खिच्छ सेल्फी
सेल्फी स्टिक बोकेर हिँड्न सजिलो हुँदैन । कतिपय ठाउँमा त सेल्फी स्टिक लिएर हिँड्ने अनुमतिसमेत हुँदैन । त्यसैले अब जुत्ताबाट पनि सेल्फी लिन सक्ने प्रविधि विकसित गरिएका छन् । यस्तो जुत्ता बनाउने कम्पनीले जुत्ताको अघिल्लो भागमा स्मार्टफोन अड्याउने ठाउँ राखिदिएको छ ।
त्यसमा स्मार्टफोन हालेर खुट्टा उचाल्दै सेल्फी लिन सकिन्छ । यसरी सेल्फी लिँदा फोटो खिच्नेको दुईवटै हात फ्री हुनेछ । जुन फोनबाटै लिइने सेल्फीमा सम्भव हुँदैन । कुरा यतिमै सीमित छैन, अब जुत्तामै चार्जरको व्यवस्था गर्ने तयारीसमेत भैरहेको छ ।
चम्चा र काइँयोबाट सेल्फी
त्यस्तो सेल्फी डिभाइसको के काम, जुन डिभाइसबाट जुनसकै बेलामा फोटो खिच्न नसकियोस् । अब खाना–खाजा खाँदाखाँदै पनि सेल्फी लिएर साथीलाई पठाउन सकिनेछ । त्यो पनि खाजा खाने चम्चाबाटै ।
हो, अब सेल्फी डिभाइस चम्चामा पनि जडान गर्न थालिएको छ । यो प्रविधिमा ३० इन्च लामो चम्चाको पछिल्लो भागमा स्मार्टफोन राख्न मिल्ने ठाउँ बनाइएको छ, जसबाट मज्जाले सेल्फी लिन सकिन्छ ।