Aamsanchar

बाढीपीडितलाई राहत वितरण

Author Image
बुधवार, असार २२, २०७३

उर्लाबारी ।

imagesb

मोरङको मधुमल्लाका बाढीपीडितलाई पूर्वी मोरङका सङ्घसंस्थाको सहकार्यमा राहत सङ्कलन गरी ५० घरपरिवारका लागि चार लाख रुपैयाँ बराबरको आवश्यकीय सामग्री मंगलबार वितरण गरिएको छ ।

स्थानीय न्यानो अभियानका संयोजक पूर्ण सिङ्गकको अगुवाइमा ‘सहयोगीहरुको हात, पीडितलाई राहत’ भन्ने मूलनारालाई सार्थक पार्ने क्रममा अमेरिकामा रहनुभएका मधुमल्ला–१ का सुमन थापाले एक हजार किलोग्राम र सानु लिङ्खाले २५० किलोग्राम चामल राहतका लागि रकम पठाउनुभएको थियो ।

सो रकमबाट प्रतिपरिवार २५ किलोग्रामका दरले चामलका साथै अन्य रकमबाट दाल, भाँडाकुँडा, ओछ्याउने म्याट, झूल, लगाउने कपडा, चाउचाउ सहितका सामग्र वितरण गरिएको हो ।

कार्यक्रममा पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनकुमार तामाङ, उर्लाबारी नगर विकास समिति अध्यक्ष केशव कार्की, समाजसेवी भोलामान श्रेष्ठ, जयधर्म आचार्य, सञ्चार क्लब नेपालका अध्यक्ष घनश्याम भण्डारीलगायत स्थानीय सञ्चारकर्मीले राहत हस्तान्तरण गर्नुभएको थियो ।

उर्लाबारीमा रहेका सञ्चारकर्मीको समेत सक्रिय सहभागितामा उर्लाबारीबाट रु ७३ हजार ३१६ तथा पथरी शनिश्चरेबाट रु ४९ हजार ४३ र करिब रु ४० हजार बराबरको लत्ताकपडा, खाद्यान्न सङ्कलन भएको थियो ।

गत असार ७ गते बिहान स्थानीय नुनसरी बक्राहा खोला बाँध फुटेर गाउँ पस्दा मधुमल्लाका पाँचवटा वडाका सयौँ घरपरिवार विस्थापित भएका थिए । सो खोलाले बगाएर यस वर्ष मात्रै दुईजनाको ज्यान गइसकेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर