Aamsanchar

मिस टिन पूर्वाञ्चल बनिन, रक्षा रिजाल

Author Image
बिहिवार, असार २३, २०७३

विर्ता मिडिया एण्ड इन्टरटेन्टमेन्ट प्रा. लि. विर्तामोड झापाले पूर्वाञ्चल भरिका युवतीहरुलाई आफ्नो अन्तरनिहीत क्षमताको प्रस्फोटन गराउने उदेश्यले आयोजना गरेको मिस टिन पूर्वाञ्चल छनौट २०१६ को उपाधी झापा शनिस्चरे निवासी रक्षा रिजालले हात पारेकी छिन ।  ।

त्यसैगरी मिस पूर्वाञ्चलको दोस्रो उपाधी विर्तामोड निवासी विन्दु चौम्लागाई र तेस्रो उपाधी इलामकी सुजता कार्कीले हात पारिन ।निकै उलासमय वातावरणमा सम्पन्न भएको मिस टिन पूर्वाञ्चल छनौट कार्यक्रमा मुल्याङकन समुहमा सविना सुब्वा, सुवास लिम्बु, नविन उप्रेती, राजकिशोर केसी रहेका थिए ।

प्रमुख अतिथिको रुपमा प्याव्सन नेपालका केन्द्रिय उपाध्यक्ष गोविन्द लम्साल रहनु भएको थियो भने कार्यक्रमको संचालन विर्ता मिडियाका निर्देशक एल.सी. श्रेष्ठ र सुरज प्रधानले गरेका थिए । झापा, इलाम, मोरङ,सुनसरीवाट सहभागीहुन आएका सहभागी मध्य अडिसन राउण्डवाट छनौट १५ जना किशोरीहरुलाई विर्ता मिडियाका कोरियो ग्राफर राज सुब्वाले कोरियोग्राफी प्रशिक्षण प्रदान गरेका थिए । तस्वीरहरु : विनोद पाण्डे/आमसंचार

1

 

2

 

3

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)