Aamsanchar

पोर्चुगल युरोकपको फाइनलमा

Author Image
बिहिवार, असार २३, २०७३

झापा ।

cup

वेल्सलाई पराजित गर्दै पोर्चुगल युरोकप फुटबलको फाइनल प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा वेल्समाथि २–० को जित निकाल्दै पोर्चुगल उपाधि नजिक पुगेको हो ।

उपाधिका लागि पोर्चुगलले आयोजक फ्रान्स र बिश्व बिजेता जर्मनीबीचको दोस्रो सेमिफाईनलको विजेतासँग आगामी आईतवार प्रतिस्पर्धा गर्नेछ ।
लियोनमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि ५० औ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले हेडर मार्फत उत्कृष्ट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै नानीले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे ।

बेल्जियमलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको वेल्सले ५६ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि गोल फर्काउन सकेन । युरोकपको डेब्यु म्याचमा नै सेमिफाईनलसम्मको यात्रा तय गरेको भन्दै उपस्थित दर्शकले भने वेल्सका खेलाडिलाई तालीले सम्मान गरेका थिए ।

पोर्चुगल विदेशी भुमीमा आयोजित कुनै पनि महत्वपूर्ण प्रतियोगिताको फाइनलमा पुग्दा वेल्स भने पहिलो पटक कुनै पनि अन्तराष्ट्रिय प्रतियोगिताको फाईनलमा प्रवेश गर्न चुक्यो । सन् १९५८ को बिश्वकप फुटबलको क्बाटरफाईनलमा पुगे यता वेल्स महत्वपूर्ण प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो ।
५६ प्रतिशत खेल आफ्नो नियन्त्रणमा लिए पनि वेल्सले हार भने टार्न सकेन ।  प्रतियोगिता अन्तरगत दोस्रो सेमिफाईनलमा आज राती आयोजक फ्रान्स र विश्व विजेता जर्मनीबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर