Aamsanchar

शान्ति समितिमा उजुरीको चाँङ

Author Image
बिहिवार, असार २३, २०७३

पथरी (मोरङ) ।

law-court-justice

स्थानीय शान्ति समिति मोरङमा ४८३ वटा उजुरी परेका छन् । स्थानीय शान्ति समिति मोरङका संयोजक महेश रेग्मीका अनुसार १० वर्षे द्वन्द्वको समयमा सरकार र तत्कालीन माओवादीका पक्षबाट भएका मानवअधिकार उल्लङ्घनका घटना, कुटपिट, हत्यालगायत ४८३ उजुरी परेका हुन् ।

त्यस्तै, बेपत्ता छानबिनका लागि ३३ वटा उजुरी परेका छन् । द्वन्द्वकालीन समयमा २४७ जना राज्य र तत्कालीन युद्धरत दलको पक्षबाट मारिएका छन् ।

स्थानीय शान्ति समितिले गत वैशाखदेखि उजुरी सङ्कलन गर्ने कार्य सुरु गरेको थियो । त्यसैगरी, बेपत्ता पारिएकाको छानबिनका लागि गत वैशाख २ गतेदेखि उजुरी लिन सुरु गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)