Aamsanchar

सवारी दुर्घटनामा पैदलयात्रकिो मृत्यु

Author Image
बिहिवार, असार २३, २०७३

मोरङ–

images

मोरङको विराटनगर–५ स्थित कोसी राजमार्गमा गएराति अज्ञात सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खोटाङ जिल्ला कुभिण्डे–६ घर भई विराटनगर–४ मा डेरा गरी बस्ने ४५ वर्षीय जितबहादुर भुजेल रहेका छन् । भुजेललाई राति १० बजेतिर विराटनगर–५ खारजी चौकमा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका भुजेललाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । ठक्कर दिने सवारीसाधन फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर