Aamsanchar

अवैध रक्सीसहित भारतीय पक्राउ

Author Image
बिहिवार, असार २३, २०७३

सप्तरी,।

liqure

नेपालबाट अवैध रुपमा भारततर्फ लगिँदै गरेको २० बोतल रक्सीसहित एक भारतीय नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सुपौल कुनौली–३ बस्ने २७ वर्षीय विवनारायण दास रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी चौकी तिलाठीबाट खटिएको प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा झोलामा २० वटा बोतलमा प्याक गरिएको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

यस्तै राजविराज–६ स्थित शिवनाथ साहको घरमा अवैध मदिरा उत्पादन गरिरहेको सूचना पाएपछि गएको प्रहरीको टोलीले तयारी अवस्थामा रहेको ३० लिटर घरेलु मदिरा र मदिरा उत्पादन गर्ने कच्चा पदार्थ एक हजार किलो बरामद गरेको छ । साथै साहलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको रक्सीसहित भारतीय नागरिक र अवैध मदिरा उत्पादन गर्ने साहलाई वेल्ही भन्सार कार्यालय राजविराजमा बुझाइने प्रहरीले बताएको छ ।

भारतको विहारमा मदिरा बिक्री वितरणमा रोक लगाएपछि तराईको जिल्लामा भारतीय नागरिकको मदिराको कारोवारमा चहलपहल देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर