Aamsanchar

सडकमा चालक झुक्याउने सङ्केत चिह्न !

Author Image
मङ्गलवार, असार २८, २०७३

काठमाडौँ । 

sign_mohan bhattarai

काठमाडौँ महानगरपालिकाको केलटोल, खिचापोखरी, असन, इन्द्रचोक, ठमेललगायतका व्यस्त सडकमा यात्रु र सवारीचालकलाई झुक्याउने खालका सङ्केत चिह्न बग्रेल्ती पाउन सक्छौँ ।

ट्राफिक सङ्केतजस्तो लाग्ने यी सङ्केतले के जनाउ दिन खोजेको हो, प्रस्ट छैन ।  कसले राखेको हो, भन्ने पनि खुल्न सकेको छैन ।   कतै तरकारीको रङ्गीन चित्र, कतै अखबार पढ्दै गरेको, कतै केटाकेटीका लुगा देखाइएको, कतै चियाका कप देखाइएका यस्ता अनेकौँ रङ्गीन सङ्केत छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र पाख्रिन भन्नुहुन्छ, “ट्राफिक सङ्केतलाई झुक्याउने र सर्वसाधारणलाई भ्रम उत्पन्न हुने खालका सङ्केत चिह्न राख्नु हुन्न, यसले सवारी दुर्घटना निम्त्याउन सक्छ । ” प्रायः यस्ता सङ्केत सवारी आवागमनमा असहजता भइरहने महानगरका भित्री सहरका चौबाटो र दोबाटोमा प्रशस्त देखिन्छन् ।
काठमाडौँ महानगरपालिका कार्यान्वयन विभाग प्रमुख धनपति सापकोटाका अनुसार महानगरपालिकामा हाल देखा परेका यस्ता सङ्केतबारे महानगरपालिकालाई जानकारी छैन । बटुवा या सवारीचालकलाई भ्रम उत्पन्न हुने सङ्केत राख्न महानगरपालिकाले अनुमति दिँदैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर