Aamsanchar

ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता

Author Image
बुधवार, असार २९, २०७३

काठमाडौं ।

index

नेपाली कंग्रेस, नेकपा माओबादी केन्द्र र नेकपा संयुक्त पार्टी मिलेर प्रधानमन्त्री केपी ओली विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको छ ।
अल्पमतमा परेपछि पनि राजिनामा नदिएको भन्दै तीन दल मिलेर संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । कंग्रेसका १ सय ६८, माओबादी केन्द्रका ८३ र संयुक्तका ३ जना गरी जम्मा २ सय ५४ जना सांसदको हत्ताक्षर सहित अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।
प्रस्ताव दर्ता गर्न ती दलका प्रमुख सचेतक तथा अन्य केहि नेता संसद सचिवालयमा पुगेका थिए । प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा समर्थकमा कंग्रेस सभापति शेरवहादुर देउवा रहनुभएको छ ।
यसअघि आज बसेका कंग्रेसको केन्द्रीय कार्यसमिति बैठक र माओवादी केन्द्रको संसदीय दलको छुट्टाछुट्टै बैठकले वर्तमान सरकार अल्पमतमा परिसकेपनि राजिनामा नदिएकाले प्रधानमन्त्री विरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरेका थियो ।
संसदमा कायम रहेको एक तिहाइ सदस्यले अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने प्रावधान छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर