Aamsanchar

तमोरको ताल तत्काल नफुट्ने

Author Image
बिहिवार, असार ३०, २०७३

ताप्लेजुङ।

10072016084658tall-2-1000x0

पूर्वी हिमाली जिल्ला ताप्लेजुङको सावादिन एक स्थित नाक्ला भिरबाट खसेको पहिरोले तमोर नदी थुनिएर बनेको जोखिमपुर्ण ताल तत्काल फुट्ने सम्भावना नरहेको अध्ययन टोलीले निस्कर्ष निकालेको छ ।

 

शनिबार विहान झरेको पहिरोले नदी थुनिएर खतरा बढ्दै गए पछि तिन दिन पछि बुधबार पुगेको अध्ययन टोलीले तत्काल ताल नफुट्ने र अहिलेकै अवस्थामा नदीले कटान गरेर बगिरहेमा तमोर नदी किनारका बस्तिहरुमा क्षति गर्ने सम्भावना नरहेको यहाँका निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पसाद भट्टराईले बताउनुभयो ।

अध्ययन टोलीका संयोजक एवम जिल्ला भू–संरक्षण कार्यालय ताप्लेजुङका प्रमुख हरिबहादुर कुँवरले ताल बनेको स्थलको अधिकतम क्षेत्रमा चट्टान आएर बसेकाले तत्कालिन अवस्थामा ताल फुट्ने खतरा नरहेको जानकारी आफुलाई दिएको भट्टराईले बताउनुभयो । ताल फुटेर हुने जोखिमको तत्कालिक अवस्था अध्ययन गरी प्रतिबेदन तयार गर्न बुधवार दिउँसो १३ सदस्यि अध्ययन टोली सो स्थानमा पुगेको थियो । टोलीमा ईञ्जिनियर ,प्राविधिक, रेडक्रसकर्मी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी वलका प्राविधिक अधिकृत सामेल रहेका थिए ।

हाल जमेको पानी बाहेक अब जम्मा हुने अबस्था नरहेको र आए जति पानी निकास हुन सक्ने भएकाले जोखिम नरहेको अध्ययन टोलीले तयार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययन पछि टोलिले नदी किनारका स्थानियबासीलार्ई नआतिन तर सचेत भने रहन आग्रह गरेको छ । तालमा अनुमानित ६ लाख ३० हजार घन मिटर पानी जम्मा भएको हुन सक्ने अनुमान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर