Aamsanchar

मेची–महाकाली रथयात्रा सुरु

Author Image
शुक्रवार, असार ३१, २०७३

Chinnamasta_Temple_Rajbiraj_Saptari_NPSAP01_(6)

राजविराज।

मुलुककै प्रसिद्व सप्तरीको छिन्नमस्तास्थित सखडेश्वरी शक्ति–पीठमा आगामी २०७३ चैत ६ देखि आयोजना हुने लक्ष्यचण्डी रुद्र महायज्ञको प्रचारप्रसार गर्नका लागि बिहीबारदेखि मेची–महाकाली रथयात्रा सुरु गरिएको छ ।

नेपालकै पहिलो लक्ष्यचण्डी रुद्र महायज्ञको क्रममा यज्ञस्थल सखडाबाट राष्ट्रिय शान्ति मानवकल्याण मेची–महाकाली रथयात्रा प्रारम्भ गरिएको हो ।

नेपालका ७५ वटै र भारतको विहार राज्यका ३८ वटै जिल्लाको यात्रा गर्दै यो रथयात्रा यज्ञस्थलमा आएर टुङ्गिनेछ । नौ महिनासम्म यात्रा गरी महायज्ञ सुरु हुनुभन्दा एक साताअघि यो रथ फर्किने पीठाधीश महाकान्त ठाकुरले जानकारी दिनुभयो ।

बिहीबार निकालिएको रथयात्रा राजविराजस्थित राजदेवी र भारदहस्थित कङ्कालिनी मन्दिरसम्म पुगेर सुनसरीको पिण्डेश्वर महादेव मन्दिरमा पुगेर बिहीबार रात त्यहीँ विश्राम गर्ने कार्यक्रम रहेको ठाकुरले जानकारी दिनुभयो ।

असार ३१ र साउन १ गते चतरा, साउन २ गते इटहरी, साउन ३–५ गते विराटनगर, ६–७ गते रङ्गेली, ८ गते सिजुवा र ९ गते उर्लाबारीमा रथयात्राको रात्री विश्राम गरिने जनाइएको छ ।

बिहिबार सखडाबाट निस्केको रथ राजविराजको वागेश्वरी मन्दिर, राम मन्दिर, शिव मन्दिर, चण्डी भगवती मन्दिर, हनुमान मन्दिर कञ्चनपुर रोड, राजदेवी मन्दिर, वैष्णो काली मन्दिर र गणेश मन्दिर (स्वर्ण टोल) मा पूजाअर्चना गरी सुनसरीतर्फ गएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर