Aamsanchar

संसद बैठक साउन ६ गतेसम्मका लागि स्थगित

Author Image
शुक्रवार, असार ३१, २०७३
काठमाण्डौं ।
sambdihan
प्रमुख दलहरुवीच कार्यसूचीको बिषयमा विवाद भएपछि व्यवस्थापिका–संसदको बैठक आगामी साउन ६ गतेसम्मका लागि स्थगित भएको छ ।
सभामुख ओनसरी घर्तीले प्रमुख सचेतकहरुसँग गरेको छलफलमा अविश्वासको प्रस्ताव र विधेयक पेश गर्ने बिषयमा सहमति नभएपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो । सभामुखका प्रेस सल्लाहकार बबीन शर्माले कार्यसूचीमा सहमति नभएपछि बैठक स्थगित भएको बताउनुभयो ।
नेपाली कंग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीले राजिनामा नदिएसम्म बजेटसँग सम्वन्धित विधेयक कार्यसूचीमा राख्न नसकिने अडान लिएका छन् भने एमालेले विधेयक पारित भएपछि मात्र अन्य प्रक्रिया अघि बढ्ने बताएको छ ।
अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा संसद बैठकको कार्यसूची बनाउन नियमावलीले ठोस प्रावधानको परिकल्पना नगरेकाले समस्या उत्पन्न भएको बताइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर