Aamsanchar

आफुलाई सहयोग गर्न गच्छदारलाई दाहालको आग्रह

Author Image
शुक्रवार, असार ३१, २०७३

काठमाण्डौं ।

Bijaya.jpg.pagespeed.ce.wYey90m_JG

माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार गठनको गृहकार्य भइरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारबीच भेटवार्ता भएको छ ।

 

आज बिहान दाहाल निवास लाजिम्पाट पुग्नुभएका गच्छदारसँग नयाँ सरकार गठनको गृहकार्यबारे छलफल भएको दाहालको निजी सचिवालयले जनाएको छ ।

 

भेटका अवसरमा दाहालले गच्छदारलाई सरकारविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमा समर्थन गर्न आग्रह गर्नुभएको थियो । जवाफमा गच्छदारले यसबारे पार्टीमा छलफल गरी जवाफ दिने बताउनुभएको थियो ।
गच्छदार हाल केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री हुनुहुन्छ । कांग्रेसको समर्थनमा माओवादी अध्यक्ष दाहालको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहेका गच्छदारले दाहालसँग छलफल गर्नुभएको हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 270

प्रतिक्रिया (०)

सम्बन्धित खबर