Aamsanchar

बिर्तामोडका जुवाडेहरू धरौटीमा छुटे

Author Image
शनिवार, साउन १, २०७३

juwade

बिर्तामोड ।
झापाको विर्तामोडबाट जुवा खेल्ने सात जना जुवाडे पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–६ का रमेश विक., बिशाल थापा, दिपचन्ऽ राई, गोकुल गिरी, प्रतीक श्रेष्ठ, पासाङ शेर्पा र विर्तामोड–१ का अरुण मण्डल रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
उनीहरुलाई बिहीबार सााझ बिर्तामोड नगरपालिका–६ कृषि थोक बजारस्थित जनक कन्दङ्वाको डेरामा तास खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी खड्गप्रसाद खत्रीले जानकारी दिए ।
जुवाको खालबाट नगद ४८ हजार ६ सय र तीन बुक ताससमेत बरामद भएको छ । पक्राउ परेका सबैलाई धरौटीमा रिहा गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर