Aamsanchar

माछा मार्न बिछ्याएको तार छुदा बालकको मृत्यु

Author Image
शनिवार, साउन १, २०७३

गोरखा:

105

गाउँका उछृङ्खल युवाहरुले माछा मार्न बिछ्याएको तारमा छुँदा एक बालकको मृत्यु भएको छ।

 

धुवाँकोट ७ का अमृत कुमाल, पूर्णबहादुर कुमाल, सुमन कुमाल र पूर्णबहादुर कुमालले माछा मार्न बिछ्याएको नाङ्गो तार छोएर शुक्रबार सोही गाउँका वीरबहादुर कुमालको मृत्युभएको प्रहरीले जनाएको छ।

 

धुवाँकोट गाबिस ७ का चेतबहादुर कुमालको खेतमा घाँस काटिरहेका १५ बर्षीय बीरबहादुरले खेतमा बिछ्याएको नाङ्गो तार छुँदा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

 

बिजुलीको पोलबाट ल्याइएको नाङ्गो तारबाट फैलिएको करेन्ट लाग्दा कुमालको मृत्यु भएको उनले बताए। प्रहरीले शुक्रबारै अनाधिकृत रुपमा करेन्ट लगाएर माछा मार्ने काममा संलग्न रहेका धुवाँकोट ७ का २९ बर्षिय अमृत कुमाल, १९ बर्षीय सुमन कुमाल, १४ बर्षिय पूर्णबहादुर कुमाल र २० बर्षिय पूर्णबहादुर कुमाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको थापाले जनाए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर