Aamsanchar

निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Author Image
शनिवार, साउन १, २०७३

काठमाडौँ।

image.php

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल मिर्गौला प्रत्यारोषण सेवा विस्तार गरेको छ । काठमाडौँमा निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने ग्राण्डी पहिलो अस्पताल हो ।

 

यहाँ शुक्रबार पत्रकार सम्मलेन गर्दै अस्पतालका डाइरेक्टर डा चक्रराज पाण्डे अस्पतालमा गत सोमबार ३७ वर्षीय रविन लामाको सफल मिर्गौला प्रत्यारोषण गरेको जानकारी दिनुभयो । लामालाई उहाँकी बहिनी उमा लामाले मिर्गौला दान गर्नुभएको थियो । उहाँले प्रत्यारोपणमा नेपालका दक्ष तथा अनुभवी चिकित्सकको टिमले प्रत्यारोपण शल्यक्रिया गरेको बताउनुभयो ।

 

प्रत्यारोपण शल्यक्रियाको टिमको नेतृत्व प्राडा प्रेमराज ज्ञवालीले गर्नुभएको छ भने मिर्गौला विशेषज्ञ टिमको नेतृत्व प्रा डा दिव्या सिंह शाहले गर्नुभएको छ । पत्रकारसँग कुरा गर्दै वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा शाहले ग्राण्डीमा यो सुविधा हुनु सेवाको विस्तार भएको प्रतिक्रिया दिनुभयो ।

 

प्रत्यारोपणमा संलग्न अर्का चिकित्सक ज्ञवालीले अब मिर्गौला प्रत्यारोपणको लागि नेपालमै दक्ष जनशक्ति उत्पादन भइसकेको र यहाँ नै सफल मिर्गौला गर्न समक्ष रहेको उल्लेख गर्नुभयो ।

 

उहाँले टिचिङमा प्रत्यारोपण सुरु भएदेखि हालसम्म ३७७ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको जानकारी दिनुभयो । सरकारी अस्पतालमा प्रत्यारोपणका लागि रु चारदेखि छ लाखसम्म लाग्ने र ग्राण्डीमा सबै प्याकेजसहित रु पाँचदेखि छ लाखसम्म लाग्ने बताइएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर