Aamsanchar

लागुऔषधसहित दुई पक्राउ

Author Image
आइतवार, साउन २, २०७३

मोरङ।

Jail

मोरङको विराटनगर–२१ बाट शनिबार साँझ प्रहरीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा सुनसरीको इटहरी–१ आइतबारे बस्ने १८ वर्षीय गोविन्द विष्ट र सोही ठाउँका विक्रम चौधरी रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई भारतीय बजार जोगबनीबाट पैदल आउँदै गर्दा भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट पक्राउ गरेको हो ।

 

प्रहरीले उनीहरुको साथबाट नाइट्रोसन १५० ट्याबलेट बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई सीमा प्रहरी चौकी रानीमा राखी थप अनुसन्धान भइरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर