Aamsanchar

लक्ष्य अनुसार राजस्व संकलन

Author Image
सोमवार, साउन ३, २०७३

झापा–

timthumb.php

मेची भन्सार कार्यालय काँकरभिट्टा झापाले लक्ष्य अनुसार राजस्व संकलन गर्न सफल भएको छ ।

 

६ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएपनि आर्थिक वर्ष २०७२/७३ मा ६ अर्ब ८४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले जानकारी दिए ।

 

मेची भन्सार कार्यालयले फागुनसम्म आफ्नो लक्ष्य पु¥याउँदै गए पनि चैतबाट व्यापार घटेकाले राजस्व संकलनमा समेत कमी आएको थियो तर अहिले लक्ष्य पु¥याउन सफल भयौँ प्रमुख भन्सार अधिकृत अधिकारीले भने, ‘यो १०७ प्रतिशतले प्रगति हो ।’

 

भारतलगायत तेस्रो देशबाट आयात हुने सामग्रीमध्ये पेट्रोलियम पदार्थ कोइला, लत्ता कपडाबाट सबैभन्दा बढी राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर