Aamsanchar

अष्ट डेन्टलबाट भारतीय चिकित्सक पक्राउ

Author Image
मङ्गलवार, साउन ४, २०७३

बिर्तामोड ।
प्रहरीले झापाको बिर्तामोडबाट एक भारतीय चिकित्सकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले भारत आसाम घर भएका ३० बर्षीय डीडी हजारिकालाई पक्राउ गरेको हो । बिर्तामोडस्थित अष्ट डेन्टल हाउसमा विगत ४ बर्षदेखि दन्त रोग विशेषज्ञको रुपमा काम गर्दै आएको र उनले सेवाग्राहीलाई ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
पक्राउ परेका हजारिकालाई ठगी मुद्दा दर्ता गर्ने तयारी भइरहेको बताइएको छ । हजारिकाको साथबाट शैक्षिक योग्यता खुल्ने कुनै पनि कागजात फेला नपरेको समेत प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर