Aamsanchar

खुकुरी प्रहारबाट एकको मृत्यु, दुई घाइते

Author Image
मङ्गलवार, साउन ४, २०७३

पाँचथरः

578dc4f7eb96b1.70503270

 

छिमेकीको खुकुरी प्रहारबाट पाँचथरको फिदिम-२ स्थित ओदिन बस्ने एक व्यक्तिको गएराति मृत्यु भएको छ।

सोही ठाउँ बस्ने उनका छिमेकी १९ वर्षीय मनोज तुम्बापोको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन्। घाइते ४९ वर्षीय देवराज तुम्बापोको उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा बाटोमै गएराति १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विजय श्रेष्ठले जानकारी दिए।

यस्तै, खुकुरी प्रहारबाट देवराजका छोरा १९ वर्षीय आइन्द्र लिम्बू र २६ वर्षीया छोरी सावित्रा लिम्बू घाइते भएका छन्। उनीहरुको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ।

खुकुरी प्रहार गरी फरार भएका मनोजको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो। छिमेकी जय तुम्बापोको घरमा मरुमराउ भएको हुँदा राति क्रियापुत्री रुङ्ने क्रममा भेला भई बसिरहेको अवस्थामा मनोज र देवराज तुम्बापोबीच विवाद भएको थियो।

वादविवादपश्चात् देवराज तुम्बापो आफ्नो घरतर्फ जाँदै गर्दा मनोज तुम्बापोले पिछा गरी खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर