Aamsanchar

एउटा सिफारिसको तीन हजार लिन्छन् गाविससचिव !

Author Image
बुधवार, साउन ५, २०७३

कपिलवस्तु । 

nilamban_20140729092718

एउटा गाविस सिफारिसको शुल्क कति लाग्ला ? ५० रुपियाँदेखि बढीमा दुई सयसम्म ।  तर, कपिलवस्तुका लबनी गाविससचिवले एउटा पसलको सिफारिसबापत तीन हजार दुई सय रुपियाँ लिने गरेका छन् ।
लबनी–५ का राजेन्द्र यादवले किराना पसल दर्ता प्रक्रियाका लागि गाविसको सिफारिस दस्तुरबापत तीन हजार दुई सय रुपैयाँ बुझाएका छन् ।  गाविस सचिव चन्द्रप्रकाश श्रीवास्तवले सिफारिसबापत उक्त रकम नदिए सिफारिस नदिने भन्दै आलटाल गरेपछि यादवले उक्त रकम बुझाए ।  तर, बुझाएको रकमको रसिद सचिव श्रीवास्तवले मिति र हस्ताक्षरबिनै उनलाई दिएर पठाए ।  आफूले चैत १६ गते उक्त रकम बुझाएर सिफारिस लिएको यादवको भनाइ छ ।
यस्तै नन्दनगर घर भई लबनीमा पसल सञ्चालनका लागि दर्ता सिफारिस लिन कार्यालय आएका कायर मुसलमानले पनि १६ सय रुपियाँ बुझाए ।  “गाविस सिफारिसबिना घरेलु र राजस्वमा दर्ता हुँदैन, बाध्य भएर सिफारिस दस्तुर तिर्न प¥यो”, उहाँले भन्नुभयो ।
यादव र मुसलमानजस्तै दर्जनौँ सेवाग्राही यतिखेर सचिव श्रीवास्तवको मनपरीको सिकार भइरहेका छन् ।  गाविसको निर्णय भन्दै उनले गाविसको नक्कली आम्दानी रसिद प्रयोग गरी मिति र हस्ताक्षरबिनै सिफारिस रकम बुझ्ने गरेको पीडित सेवाग्राहीको भनाइ छ ।
आव ०७२/७३ को परिषद्मा गाविसले दिने जुनसुकै सिफारिसबापत ५० रुपैयाँ दस्तुर तोकेको छ ।  सचिवले मनपरी रकम लिँदा सेवाग्राही ठगिएको स्थानीयवासी चन्द्रप्रकाश तिवारीको आरोप छ ।  सचिवले व्यक्ति र समस्या हेरी पाँच सयदेखि चार हजार रुपियाँसम्म सिफारिस दस्तुर लिने गरेको र नक्कली बिल दिने गरेको तिवारी बताउनुहुन्छ ।  आफूहरूसँग अवैध रूपमा बढी रकम लिएको भन्दै राजेन्द्र यादवले जिविस तथा जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत दिएका थिए ।  “वैशाखमै उजुरी दिएको थिएँ, अहिलेसम्म सुनुवाइ भएन”, उहाँले भन्नुभयो ।  यति मात्रैमा सचिवको मनपरी सीमित देखिँदैन ।
गाविसको परिषद्बाटै उनले लक्षित वर्गको पूरै रकम अन्यत्रै खर्च गरेका छन् ।  आव ७१/७२ र ७२/७३ को लक्षित वर्गको आठ लाख रकम शौचालय निर्माण भन्दै सचिवले खर्च गरेको स्थानीयवासी भागिरथी यादवको दाबी छ ।
“उहाले लक्षित वर्गको रकम शौचालयमा खर्च गरेको भन्नुहुन्छ तर शौचालयमा कहाँ खर्च गरियो, कति गरियो कुनै हिसाब देखाउनु हुँदैन” यादवले आक्रोशित हुँदै भन्नुभयो ।  यतिमात्रै नभई सचिवले आ.व. ७१÷७२ र ७२÷७३ को योजना स्वीकृतिसमेत एउटै बठकबाट पास गरेका छन् ।  उनी आफैँले परिषद्बाटै आफूलाई तलबको ५० प्रतिशत भत्तासमेत निर्णय
गराएका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर